२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिट प्रकरण: राप्रपा सहायक महामन्त्री बलायरसहित तीन नेता निलम्बन



अ+ अ-

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा तीन नेतालाई चार वर्षका लागि निलम्बन गरेका हुन् ।

निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।

गत फागुन २७ गते राप्रपा कार्यसम्पादन समितिको वैठकपछि खाना खान निस्कने क्रममा पूर्वएआईजी समेत रहेका श्रेष्ठमाथि आक्रमण भएको थियो ।