२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

डा गोपी अर्याल र शिशिर राईले जिते सैंबु ब्याडमिन्टन प्रतियोगिता

डा गोपी अर्याल र शिशिर राईले जिते सैंबु ब्याडमिन्टन प्रतियोगिता
अ अ+ अ-

ललितपुरः सैंबु ब्याडमिन्टन सर्कलद्वारा आयोजित खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७ को उपाधि डा गोपी अर्याल र शिशिर राईको जोडीले जितेको छ ।

ललितपुरको सैंबु मगरगाउँमा आयोजित यस प्रतियोगितामा पुरुषोत्तम थापा र मन कुमार थापाको जोडीले दोस्रो स्थान प्राप्त गर्न सफल भए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भुवन रायमाझीले प्राप्त गरेका थिए भने अनुशासित खेलाडीको पुरस्कार शिशिर राईले पाएका थिए ।

विजयी खेलाडीहरुलाई स्थानीय समाजसेवी कुमार मोहन बहादुर शाहीले कप र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

त्यस अवसरमा समाजसेवीहरु माधव खड्का र प्रकाश बहादुर शाहीले मगरगाउँमा तत्कालै ब्याडमिन्टन खेलका लागि उपयुक्त कभर्डहल बनाउन जरुरी देखिएको बताउनु भएको थियो ।

त्यस्तै उद्योगी एवं सुपर भेटरान खेलाडी ध्रुव कुमार श्रेष्ठले खेल भनेको व्यक्तिगत स्वास्थ्यका साथै राज्यका लागि पनि जरुरी हो भन्दै सुविधासम्पन्न कभर्डहल बनाएर बालबालिकालाई पनि विस्तारै सहभागी गराउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।

ललितपुर महानगरपालिका वडा नं. १८ तथा स्थानीय समाजसेवी र संस्थाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको जानकारी दिँदै आयोजक समितिका संयोजक शंकर थापा मगरले यस खेललाई अझ व्यवस्थित र नियमित रुपमा संचालन गर्न वर्षैभरि खेल्न मिल्नेगरी कभर्डहल बनाउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले व्यवस्थित खेल संरचनाको अभावमा खुला चौरमै प्रतियोगिता गर्न बाध्य हुनु परेको पनि गुनासो गर्नुभयो ।