२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

गोरखामा सम्पदा बस्ती निर्माण अभियान

गोरखामा सम्पदा बस्ती निर्माण अभियान
अ अ+ अ-

काठमाडौं । गोरखामा सम्पदा बस्ती निर्माणको पहलमा जुटेको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति,गोररखाको आयोजनामा काठमाण्डौ लैनचौर स्थित माई च्वाइस रेष्टुरेण्टमा काठमाण्डौमा बसोबास गर्ने गोरखालीहरुको उपस्थितिमा सम्पदा बस्ती निर्माण सम्बन्धि छलफल तथा प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ ।

समितिका अध्यक्ष सुरेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिनिधिसभाका सदस्य माननीय राजेन्द्र बजगाई, राष्ट्रिय सभाका सदस्य मा.कमला पन्त, राष्ट्रिय सभाका सदस्य मा. किरण बाबु श्रेष्ठ र पूर्ब सांसद जीवनप्रेम श्रेष्ठको समेतको विशिष्ट उपस्थिति रहेको थियो ।

गोरखा नगरपालिका, ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति र रबिन्द्र पुरी फाउण्डेसनको संयुक्त प्रयासमा शुरु हुन लागेको सम्पदा बस्ती कस्तो हुन्छ र यसका प्रक्रियाहरु कसरी अघि बढ्छन् भन्ने सम्बन्धमा फउण्डेसनका अध्यक्ष संपदाविद रविन्द्र पुरीले थ्रीडी भिजुअल सहित प्रस्तुति दिएका थिए । सामाजिक अभियन्ता डा. राजुबाबु श्रेष्ठले सहजिकरण गरेको सो कार्यक्रममा प्रस्तुतिकरण पछि सहभागि गोरखाबासीहरुको जिज्ञासाको उत्तर अध्यक्ष पुरीले दिनुभएको थियो ।

सम्पदा बस्तीको अवधारणा र प्रस्तुति निकै राम्रो लाग्यो । गोरखाको ऐतिहासिक सम्पदाहरुको जगेर्ना गर्दै पर्यटन प्रवर्द्धन गर्न सके मात्र गोरखाको विकास हुनसक्ने कुरामा कसैले शंका नगर्दा हुन्छ । म आफै एक पर्यटन व्यवसायी भएका नाताले पनि यस कार्यक्रमलाई सफल बनाउन आफ्नो लागे पुगेको गर्न तयार रहेको भनि मा. राजेन्द्र बजगाईले प्रतिबद्दता ब्यक्त गर्नु भएको सो कार्यक्रमका अर्का माननीय कमला पन्तले यस्ता कार्यक्रमले समग्र गोरखाको बिकासमा टेवा पुर्याउने हुनाले यस्ता विकासवादी कुरामा जहिल्यै पनि आफ्नो समर्थन रहने कुरा बताउनु भयो ।

माननीय किरणबाबु श्रेष्ठले आफ्नो घर सम्पदा बस्ती भित्र पर्ने र पुरानो मध्यको एक भएकोले आफ्नै घरबाट शुरु गर्न पनि तयार रहेको बताउदै यसका लागि स्थानीयहरु एकजुट भएर अघि बढ्नुपर्ने तथा आफु यस मिसनमा संगसंगै रहेको जानकारी गराउनु भयो । पूर्व सांसद जीवनप्रेम श्रेष्ठले गोरखाको ढुङ्गा ढुङ्गा र माटो माटोमा वीरहरुको ईतिहास भएपनि विकासमा पछि परेको र मभित्र शुरुदेखि नै गोरखाको दिगो बिकास कसरी गर्ने भन्ने सोच भएपनि आफै पदमा हुदा केहि गर्न नसकेको स्वीकार गर्दै अबको अभियानमा मेरो पूर्ण समर्थन छ भनेर प्रतिवद्दता जनाउनु भयो ।

कार्यक्रममा सहभागी गोरखाबासीहरुले आआफ्नो धारणा प्रस्तुत गरेका थिए । कतिपयले आफ्नो घर सम्पदा बस्तीको मापदण्ड अनुसार बनाउने ईच्छा ब्यक्त गरेका थिए । केहिले प्रधानमन्त्री, उप-प्रधानमन्त्री आफ्नै जिल्लाको रहेको, मिडियाहरुबाट गोरखा र नुवाकोटले बजेट लगेको भनेर संसदमै हङ्गामा भएको समाचार सुनेको तर हल्ला भएअनुसारको काम नभएको तथा यस्तो दिगो विकासको कार्यक्रमहरुमा बजेट ल्याउन नसकेको गुनासो पनि गरेका थिए ।

कार्यक्रमका सहजकर्ता डा. राजुबाबु श्रेष्ठले हामी गोरकालीहरुले एकिकरणको युद्द जितेर पनि विकास र समृद्दिको युद्द हार्यौ । अब यो सम्पदा बस्ती निर्माणको युद्द चाहि जितेरै छाड्नुपर्छ । यसको लागि आफुले गोरखा फर्कको अभियान शुरु गरेको र यसमा अधिकांसले साथ दिदै गएको प्रति खुशी ब्यक्त गर्दै आफ्नो अबकाश पछिको जीवन गोरखाको लागि सुम्पेकोले गोरखाको विकास र समृद्दिको काम जसले लगाएपनि गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रमका अध्यक्ष सुरेशमान श्रेष्ठले ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति,गोररखाले संयोजन गरेको कार्यक्रम हाम्रो मात्र होईन यो सबै गोरखालीहरुको हो । अब सबै गोरखाबासीहरु एकजुट भएर लाग्नु पर्ने र राजनीतिक नेतृत्वहरुले यस्ता कार्यक्रमहरुलाई प्राथमिकतामा राखी बजेट निकाशाको लागि सबैले आफ्नो लागेपुगेसम्मको प्रयास गरिदिन अनुरोध गर्नु भयो ।

गोरखा नगरपालिकाको बजेटबाट मात्र यो योजना सम्पन्न गर्न सम्भव नभएकोले नगरपालिकाले प्रधानमन्त्री कार्यालयदेखि बिभिन्न मन्त्रालयहरुमा बजेट माग गरी पत्र पठाईसकेको जानकारी पनि वहाले दिनुभयो ।

करिब साढे दुई घण्टासम्म चलेको सो कार्यक्रममा गोरखामा सम्पदा बस्ती निर्माण गर्ने कुरामा सबैको एउटै स्वर रहेको थियो र यसको लागि गुरुयोजना तयार गर्ने, मापदण्ड निर्माण गर्ने, नक्शांक, गर्ने,घरहरुको स्वरुप डिजाईन गर्ने देखि लिएर संपूर्ण प्राविधिक काम निशुल्क रविन्द्र पुरी फाउण्डेशनले गर्ने खबर सुनेपछि सबैजसोले पुरीलाई धन्यवाद दिएका थिए ।