• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लोकसभा चुनाव भए पनि आईपीएल २०२४ भारतमा मात्रै हुने



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन मार्च २२ बाट सुरु हुँदैछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हालसम्म भारतमा हुन लागेको लोकसभा चुनावका कारण पहिलो चरणका खेलहरुको मात्रै घोषणा गरेको छ ।

शनिबार चुनावको मिति घोषणा भएपछि बीसीसीआई सचिव जय शाहले आइपिएलको दोस्रो चरणका खेल पनि भारतमै हुने पुष्टि गरेका छन् ।

भारतमा भएको एकदिवसीय विश्वकपका क्रममा आईपीएलका अध्यक्ष अरुण धुमालले लोकसभा चुनाव भए पनि आईपीएल भारतमा मात्रै खेलिने बताएका थिए ।

निर्वाचन आयोगले यस वर्ष सात चरणमा मतदान हुने र पहिलो चरणको निर्वाचन अप्रिल १९ मा हुने शनिबार जनाएको छ । जबकि मतगणना जुन ४ मा हुनेछ । २०१९ मा भएको लोकसभा चुनावमा बीसीसीआईले यस्तै परिस्थितिको सामना गर्नुपरेको थियो, त्यसबेला पनि पूरै सिजन भारतमा खेलाइएको थियो ।

बीसीसीआईले यसअघि मार्च २२ देखि अप्रिल ७ सम्म हुने पहिलो चरणका पहिलो २१ खेलको खेलतालिका सार्वजनिक गरेको थियो । आईपीएल सुरु हुन अब पाँच दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा सम्पूर्ण टोलीले तयारी सुरु गरेका छन् । खेलाडीहरु आ–आफ्नो टोलीको क्याम्पमा सामेल भएका छन् । प्रतियोगिताको उद्घाटन खेल शुक्रबार चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच चेपौक स्टेडियम, चेन्नईमा हुनेछ ।

अर्को बीसीसीआई स्रोतले भने कि अब चुनावको तालिका आइसकेको छ । त्यसैका आधारमा थप कार्यक्रमहरू तयार गरिँदैछ । मतदानका सात चरणहरू छन्, जसमा मतदान हुने चरणहरूमा खेलहरू आयोजना गरिनेछैन । उदाहरणका लागि, जब लखनउ, कोलकातामा खेलहरू हुन्छन्, त्यसपछि अहमदाबाद वा दिल्लीमा खेलहरू राख्न सकिनेछ ।

जब उत्तरी राज्यहरूमा चुनाव हुन्छ, दक्षिणी राज्यहरूमा चुनाव गराइनेछ । यस कारण, होम–अवे ढाँचा पूर्ण रूपमा पालना नहुन सक्छ । होम अवे ढाँचामा टोलीले लिगका आधा खेल आफ्नै मैदानमा र बाँकी अन्य टोलीको घरेलु मैदानमा खेल्ने गर्छन् ।