५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

नेकपा फुटेको छैन, केही नेता चोइटिएर गएका हुन् : पौडेल

नेकपा फुटेको छैन, केही नेता चोइटिएर गएका हुन् : पौडेल
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षका महासचिव विष्णु पौडेलले बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने बताउनुभएको छ ।

शनिबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको लुम्बिनी प्रदेशद्धारा आयोजित जनसभामा सम्बोधन गर्दै महासचिव पौडेलले बैशाख १७ र २७ गते निर्वाचन हुने बताउनुभएको हो । बैशाखको चुनाव दुनियाँको कुनै तागतले रोक्न नसक्ने उहाँको भनाई छ । उहाँले लुम्बिनी प्रदेशका नेता कार्यकर्तालाई प्रदेशमा बहुसंख्यक सिटमा मात्रै नभई हिजो हारेको ठाउँमा पनि जित्नेगरी चुनावी तयारी गर्न निर्देशन समेत दिनुभयो । प्रधानमन्त्री ओलीले बलियो र शक्तिशाली पार्टी बनाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको भएपनि षडयन्त्रकारी तत्वका कारण पार्टीका नेता तथा कार्यकर्ताले एक कार्यकाल पुनः अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएको उहाँको भनाई छ । बैशाखको चुनाव पछि ओली नेतृत्वको पार्टीको बहुमतको सरकार निर्माण गर्न कुनै तागतले रोक्न नसक्ने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – “म यहाँहरुलाई बताउन चाहान्छु, वैशाखमा चुनाव हुन्छ । वैशाखको १७ गते चुनाव हुन्छ । वैशाखको २७ गते चुनाव हुन्छ । दुनियाँको कुनै तागतले चुनावलाई रोक्न सक्दैन । म यहाँहरुलाई आग्रह गर्न चाहान्छु यहाँहरु जनसभाबाट फर्किएपछि गाउँगाउँमा, टोलटोलमा, बस्तीबस्तीमा चुनावको तयारीमा लाग्नुहोस् । वैशाख १७ गतेको चुनावको तयारीमा लाग्नुहोस् ।”

महासचिव पौडेलले केपी शर्मा ओली नेतृत्वको नेकपामा जनमत रहेको भन्दै पार्टी आधिकारिकताको लागि यो भन्दा ठुलो वैधानिकता अरु केही नुहुने बताउनुभयो । जनताको साथ, समर्थन र ऐक्यवद्धता भएको पार्टी वैधानिक हुने भन्दै उहाँले केपी शर्मा ओली नेतृत्वको नेकपासँग वैधानिकता रहेको र चुनाव चिन्ह पनि ओली नेतृत्वकै पार्टीमा हुने दाबी गर्नुभयो । उहाँले आफ्नो हातमा रहेको सूर्य चिन्हलाई आत्मविश्वासका साथ फहराउन कार्यकर्तालाई आव्हान समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – “पार्टीको आधिकारिकताको बारेमा कतिपय मान्छेहरुले भ्रम छर्ने गरेका छन् । पार्टीको चुनवा चिन्हको बारेमा । यति ठुलो जनसंख्या, यति ठुलो जनमत, तराईको,पहाडको हिमालको,पूर्वको, पश्चिमको, शहरका,े गाउँको, सबैतिरको यति ठुलो जनमत जब कमरेड केपी शर्मा ओलीको नेतृत्वमा उहाँले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा छ भने यो भन्दा ठुलो वैधानिकता के हुन्छ ? जनताको अभिमत भन्दा ठुलो, जनताको साथ र समर्थन भन्दा ठुलो, जनताको ऐक्यवद्धताभन्दा ठुलो वैधानिकता अरु केही हुन्छ ? हुँदैन । यसकारणले म यहाँहरुसँग यहाँहरुको आँखामा आँखा जोडेर भन्न चाहान्छु, यहाँहरुसँग आत्मविश्वासका साथमा म प्रस्तुत हुन चाहान्छु नेपाल कम्युनिष्ट पार्टीको वैधानिकता केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीसँग रहनेछ । चुनाव चिन्ह, सूर्य चिन्ह कमरेड केपी शर्मा ओलीले नेतृत्व गरेको कम्युनिष्ट पार्टीसँग रहनेछ । यहाँहरुले आफ्नो हातमा रहिरहेको सूर्य चिन्हलाई आत्मविश्वासका साथमा फहराउनुस् ।”

महासचिव पौडेलले नेकपा विभाजन नभएको पनि जिकिर गर्नुभयो । नेकपाका इमान्दार कार्यकर्ता, जनता तथा योद्धाहरुले नेकपालाई विभाजन गर्न नदिने उहाँको भनाई छ । आफुहर एकता जोगाएर अघि बढ्न चाहेको भएपनि पार्टी भित्रको षडयन्त्रको कारण तथा जंगली महत्वांकाक्षाका कारणले विभाजन हुन्छ कि भन्ने आशंका भएको उहाँले बताउनुभयो । कम्युनिष्ट आन्दोलनको प्रगति र समृद्धि देख्न नचाहाने, संविधानको प्रभावकारी कार्यान्वयन देख्न नचाहानेहरुलाई पार्टी विभाजन भएको लागेपनि अन्योलमा हुनेहरु फर्किएर यहि आन्दोलनमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले ओलीले संविधान निर्माणको कामको नेतृत्व गरेको, संविधान कार्यान्वयनमा विश्वसनीयता कायम गरेको र मानविय र भौतिक दृष्टिकोणले हेर्दापनि इतिहासमै नभएको ऐतिहासिक काम गरेको भन्दै राजनीतिक स्थायित्वको निम्ति ओली नेतृत्वकै पार्टीमा आउन सबैलाई आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो “आज जो जो साथिहरु अलमलमा हुनुहुन्छ । जो जो साथिहरु अन्योलमा हुनुहुन्छ । उहाँहरु पनि फर्किएर यहीँ आन्दोलनमा आउनुहुन्छ । म आग्रह गर्न चाहान्छु ति तमाम साथीहरुलाई जसले निष्ठाका साथमा, इमान्दारीताका साथमा नेपाली कम्युनिष्ट आन्दोलनका माध्यमबाट नेपाली जनताको सेवा गर्न चाहानुभएको छ । राष्ट्रको स्वाधिनता र सम्मान अभिवृछि गर्न चाहानुभएको छ । जसले मुलुकलाई समृद्धितर्फ, समाजवाद तर्फ अगाडी बढाउन चाहानुभएको छ । अलमलमा परेका ति तमाम साथीहरु मेचीदेखि महाकाली सम्मका तराईदेखि हिमालसम्मका ति तमाम साथीहरुलाई म आग्रह गर्न चाहान्छु अलमलमा नपर्नुस् आउनुहोस् । कमरेड केपी शर्मा ओली नेतृत्वको यहि पार्टीले हिजो संविधान निर्माणको काम अगुवाई ग¥यो । संविधान निर्माणको अभियानलाई सार्थकताको बिन्दुमा पु¥यायो । समृद्धिको अभियान संविधान निर्माणसँगै संविधान कार्यान्वयनका बलियो र विश्वसनीय आधार तयार ग¥यो । बलियो सरकार निर्माण ग¥यो । सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा ऐतिहासिक महत्वको किर्तिमानी काम गरेको छ । इतिहासमा कहिल्यै नभएको काम भएको छ । ”

 महासचिव पौडेलले ओली सरकारलाई जनताले साथ दिएको तथा प्रतिपक्षले समेत विरोध गर्न नसकेको स्थितिमा पार्टी भित्रैबाट विभिन्न बाहानाबाजि गर्दै कसरी प्रधानमन्त्री र अध्यक्षबाट हटाई पार्टी र सत्ता कब्जा गर्न लागेका कारण पार्टी चोईटिएको पनि बताउनुभयो ।

महासचिव पौडेलले लुम्बिनी प्रदेशलाई विकासमा पछाडी पर्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । केपी शर्मा ओलीको नेतृत्वमा गोलबद्ध भएकाहरुले प्रदेशलाई समृद्ध बनाउँछौ भन्ने आत्मविश्वास साथ आफ्नो कार्यक्षेत्रमा फर्किन उहाँले कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पार्टीबाट केही स्वार्थी तत्व किनारा लागेपनि अलमलमा परेकाहरु आफ्नो पार्टीमा फर्किने र शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गरी पुनः एक कार्यकाल केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने उहाँले दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो “केही षडयन्त्रकारी तत्वहरुका कारणले गर्दा हामि पार्टी, नेता, कार्यकर्ता, सदस्य, नेपाली मतदाताहरुले फेरि एकपटक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भन्नुपर्ने भएको छ, कमरेड तपाईले एउटा कार्यकाल पार्टीको अध्यक्ष भएर जिम्मेवारी सम्हाल्नुपर्ने आवश्यकता अहिलेपनि देखा प¥यो । कमरेड तपाईले मुलुकको प्रधानमन्त्री भएर बैशाख १७ र २७ गतेको निर्वाचन पछि पनि मुुलुकको प्रधानमन्त्री भएर एक पटक एउटा कार्यकाल मुलुकलाई नेतृत्व गर्नुपर्ने आवश्यकता अहिलेपनि देखा प¥यो ।”

उहाँले जनसभाले नेकपा फुटेको नभई केही स्वार्थी, षड्यन्त्रकारी तत्व चोइटिएका हुन् र नेपाली जनता ओलीको पक्षमा छन् भन्ने पुष्टि गरेको पनि बताउनुभयो । उहाँले केही मुठी भरका नेताको जंगली महत्वकाक्षाका कारण नेकपा विभाजित हुन्छ कि ? भन्ने अवस्था श्रृजना भएको हो बताउनुभयो ।

उहाँले भन्नुभयो “केही मुठीभरका मान्छेले कम्युनिष्ट आन्दोलन अघि बढेको देख्न चाहेका छैनन् त्यस्ता प्रवृत्ति भएका नेताहरु किनारा लाग्ने र केही साथीहरु सडकमा गएको अबस्था छ ।  पार्टीको सत्ता कब्जा गर्ने र मुलुकको सत्ता कब्जा गर्ने केही स्वार्थी र विखण्डनकारी तत्व मात्रै चोइटिएको हो ।ओलीको पक्षमा जनमत छ भन्ने कुरा जनसभाहरुले पुष्टि गरेको छ ।”