• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आयो : प्रधानमन्त्री ओली



काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आएको बताएका छन् । शनिबार बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले तीन वर्षअघि तत्कालिन एमाले र माओवादी मिलाएर पार्टी एकता गरे पनि आफू बन्ने अभियान नछाडेका कारण नेकपामा संकट आएको बताएका हुन् ।

उनले पार्टी नफुटेको र जस्ताको तस्तै पनि नरहेको बताएका हुन् ।

‘पार्टी फुटेको छैन भन्ने कुरा तपाईंहरुको यो उपस्थितिले देखाएको छ, पार्टी फुटेको पनि छैन, जस्ताको तस्तै पनि छैन’, उनले भने’, पार्टीबाट उद्देश्य नमिलेका, समृद्धिको सपनालाई अस्वीकार गर्ने तत्वहरु बाहिरिएका छन्।’

प्रचण्ड नेपाल समुहलाई लक्षित गर्दै ओलीले सभा कस्तो हुन्छ भन्ने कुरा हेर्न लुम्बिनी आउन आग्रह गरेका छन्।