• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

जनसमर्थन कस्तो हुन्छ, हेर्न बुटवल आउनू : प्रधानमन्त्री ओली



बुटवल । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जनसमर्थन कस्तो हुन्छ हेर्न बुटवलमा आउन आग्रह गरेका छन् । शनिबार बुटवलमा आयोजित सभामा नेकपाको प्रचण्ड-नेपाल समुहलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले  वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गरेका हुन् । 
  
देशभरबाट जम्मा गरेको अलिकति मान्छे देखेपछि जनसभा हेर्न आऊ भनेर आफूलाई भनेको भन्दै उनने भने, ‘आज म देशभरीको होइन, लुम्बिनी प्रदेशको वुटबलमा आयोजित सभा हेर्न आउन आग्रह गर्न चाहन्छु । जसहभागिता कस्तो हुन्छ, हेर्नुस् ।’ 

ओलीले  केही मानिसहरुले फाटो र विभाजन रोजे पनि पार्टी अझै नफुटेको बताए। ुपार्टी फुटेको छैन, अझै पनि पार्टी एकै छु, उनले भने, 'तर पार्टी जस्ताको तस्तै छैन। केही तत्वहरु पार्टीबाट बाहिरिएका छन्।'