• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

लामखुट्टेले टोकेर मान्छे मर्न दिँदैनौँ : प्रधानमन्त्री ओली



बुटवल । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपाली नागरिकले लामखुट्टेको टोकाइबाट अकाल्मै ज्यान गुमाउन नपर्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै ओलीले लामखुट्टेको टोकाइबाट कुनै पनि मानिसलाई मर्न नदिइ सरकारले झुलको व्यवस्था गर्ने बताएका हुन् ।

 'लामखुट्टेले टोकेर कोही पनि मानिसलाई मर्न दिँदैनौँ, झुलको व्यवस्था गर्छौँ', उनले भने, 'सुन्दा सानो कुरा लाग्न सक्छ। तर यो नागरिकको जीवनसँग जोडिएको महत्वपूर्ण कुरा हो।'

उनले कोहि नागरिक पनि सडकमा अलपत्र हुनुपर्ने अवस्था नआउने बताउदै सरकारले हेर्ने बताएका हुन् । 

 'हामी नागरिकलाई भोकै मर्न दिँदैनौँ, सडकमा भिख माग्नेहरू रहन दिँदैनौँ', उनले भने, 'जाडो र चिसोले मानिसलाई मर्न दिँदैनौँ। हामी पहाडमा ज्याकेट बाँड्छौँ, तराईमा कम्बल बाँडछौं।'