• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छोड्दैनौ : ओली



बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र भागरथी भट्टका हत्यारालाई पानी मुनि गए पनि नछोड्ने बताएका छन् । शनिबार बुटवलमा आयोजित आफू पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई कुनै हालतमा पनि पक्राउ गरेरै छाड्ने बताएका हुन् । 

‘निर्मला हत्याकाण्ड होस् वा भागरथी हत्या काण्ड होस्, यस्ता अपराधीहरुलाई पानी मुनी गए पनि छोडिने छैन’ उनले भने, ‘विश्वको कुनै भागमा पुगेपनि छोडिने छैन । समाताएर ल्याएर कारबाही गरिनेछ ।’

हत्याराहरु दुई/चार दिन भागे पनि एक वर्ष कतै लुके पनि पक्राउ गरेरै छाड्ने र उनीहरुको सजाय नघट्ने प्रधानमन्त्री ओलीको दाबी छ ।