२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar रसुवाको स्याफ्रुबेसीमा प्रचण्ड: जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान

किन छिनमै टुक्रिन्छन् सम्बन्धहरु ?

किन छिनमै टुक्रिन्छन् सम्बन्धहरु ?
अ अ+ अ-

चटक्क परेको जोडिलाई हेर्न कसलाई मन नलाग्ला ? बाटोघाटो , सिनेमा जहिंतहीं प्रेमिल जोडी देख्दा रमाइलो लाग्छ । राम्रा जोडीलाई फेसबुकका भित्तामा देख्ने बित्तिक्कै अहा ! भन्न मन लाग्छ ।

मान्छेको चाहना नै मिलन हो , आखिर विछोड किन मन पराउथ्यो मान्छे ! " उ मेरो बेस्ट फ्रेन्ड मात्रै हो " शामला ( नाम परिवर्तन गरिएको ) को उत्तरले म हैरान भएँ । " तिमीहरु बिहेको भोज कहिले खुवाउछौ ? " ख्याल ठट्ठामै मैले यो प्रश्न गरेकी थिएँ । अमेरिकाको असी वर्ष पुरानो प्लाजा अमेरिका मलमा मेरो एउटा सानो गहना पसल छ । त्यो मलको सुरक्षाकर्मी हो शामला । पातली , लिखुरी मुश्लीम केटी ।

जो सधै ढाकेकी हुन्छे कालो कपडाले आफ्नो शीर । अनुहार चाँही देखिने हुँदा उ अर्ध बुर्कामा हुन्छे भन्दा फरक नपर्ला । पिटर ब्राउनको प्रेमिका भनेर चिनेकी मैले शामलालाई । उसले नै चिनाएको थियो । उ पनि यही मलको सुरक्षाकर्मी थियो पहिले । आफ्नो ठाउँमा प्रेमिकालाई राखेर उ बस ड्राइभिंग तर्फ गयो । सरल र मिलनसार थियो पिटर । आफ्नो काममा दत्तचित्त । कहिले काँहि गफगाफको सुरमा आफ्ना केही प्रेम प्रसङ्ग बताउथ्यो । बिर्यानी खुवायो उसले हामीलाई , शामलाले पकाउन सिकाएको भन्दै थियो । शामलाको हजुरआमासँगको झगडादेखि उसले गरेको बिहेको प्रस्ताव समेत सुनाएको थियो ।

मेरो स्टोरमा शामलालाई रोजाउदै उसले औंठी समेत किनीदिएको थियो। तर आज दुई महिना पनि नबित्दै शामलाले पिटरलाई आफ्नो प्रेमी भन्न हिचकिचाएको देखेर म छक्क परे । पाँच वर्षदेखि मार्सेलालाई चिन्दै आएकी छु । पचपन्नदेखि साठी वर्षका हुँदा हुन् दुवै जोइपोई । उनीहरुको जोडी देखेर कतिले भन्थे अहा ! कस्तो मिलेको जोडी । मिजासिला र मिहेनती । प्राकृतिक औषधिको पसल छ उसको पनि प्लाजा अमेरिका मलमा । कसैलाई नभन्नु है भन्दै उसले आफ्नो मनको कुरा खोली एकदिन – " आजकल म र मेरो लोग्नेको सम्बन्ध छैन नी । " उसको कुराले म अवाक भए । धेरै दिन भएको थियो दुबैलाई सँगै नदेखेको ।

त्यस्तो होला भन्ने त सोचेकै थिएन । मेरी असल ग्राहक पनि हो मार्सेला । लोग्नेको अरुसँगको गोप्य सम्बन्धले गर्दा उनीहरु वीच फाटो बढेको रहेछ । "मामा ,यू वाइ दिस रिङ्ग ? आई ब्रोक विथ हर …"भन्दै आयो नियमित आउने कालो वर्णको ग्राहक । विवाहको औंठी किनेर रमाउदै गएका दुई जोडी छ महिना नपुग्दै छुट्टी सकेछन् । यी सानातिना प्रसङ्गहरु मात्रै हुन् । आए दिन यस्ता अनेक विछोड र मिलनका कथाहरु देख्न र सुन्न पाइन्छ । विकसित मुलुक , शिक्षित परिवेश , स्वर्णीम परिपाटी तर सम्बन्ध भने अति फितलो किन होला ? यही मुलुकमा बस्ने हाम्रा शिक्षित नेपाली समुदायमा पनि यो प्रभाव फैलिदै गएको छ आजकल । सारै नै उदेकलाग्दो तवरले सम्बन्ध जोडिदो र टुक्रदो छ । फलस्वरूप महिला वा पुरुष एक्लिदै जाने क्रम बढ्दो छ । नेपालको परिवेशमा पनि सबन्धहरु पहिले जस्ता मजवुत छैनन् । फेसबूकको भित्तामा घरिघरी पोष्ट गरिने , हेर्दा सुन्दर देखिने जस्ता पनि छैनन् सम्बन्धहरु । सम्बन्धहरु बढी देखावटी भएको छ आजकल । देखासिकी र प्रतिस्पर्धाबिचका सम्बन्धहरु त्यस्तै प्रगाढ़ होलान् र !

कुनै जमाना थियो , देख्दै नदखेको , देखे पनि नबोलेको वा भेट्दै नभेटेको मान्छेसँग बिहे गरी जानुपर्थ्यो । यस्तो थियो हाम्रो जमाना भनेर आमा , हजुरआमाले उनीहरुको बिहे प्रसङ्ग सुनाउदा आङ्ग सिरीङ्ग हुन्थ्यो , लाग्थ्यो कुनै नमिठो कथा वा कहानी पढ्दै छु । तर बाबु आमा , हजुरबुबा हजुरआमाको माया प्रेम देख्दा ती तीता प्रसङ्गहरु ओझेलमा पर्थे । हुन त त्यसरी सम्झौतामा जिन्दगी बाँच्नेहरु सबै भाग्यमानी कहाँ हुन्थे र ! पुरुषलाई त अन्त रमाइलो गर्न मात्र होइन अर्को बिहे गर्ने छूट थियो तर महिला कुण्ठित भएर बाँच्ने जिन्दगी कति भयावह थियो होला ! हो आज समय फरक छ ,फराकिलो सोच छ , शिक्षा र संचारका माध्यमहरुले जनचेतना बढाएको छ । सबै भन्दा ठूलो कुरा स्वतन्त्रता छ रोजाइमा तर पनि सम्बन्ध यति कमजोर किन छ ? विश्वास , सम्मान , त्याग , समर्पण , माया अनि प्रेममा कमी छ ।

स्वार्थ , घमण्ड , इर्ष्याले सम्बन्धलाई फितलो पारेको छ । छिनमा सम्बन्ध जोडिन्छन् छिनमै तोडिन्छन् । जो कोहीले आफ्नो जोडीबाट माया , प्रेम , सम्मान र इज्जत चाहेको हुन्छ । शंका , अविश्वास , हेपाई , वेवास्ता र लापरवाहीजस्ता कुराहरु सम्बन्ध टुक्रिने कारण भएका छन् । मन भन्ने कुरा या त मिल्छ या मिल्दैन । हिन्दीमा कहावत छ नि " इश्क मे जोर कहाँ ? " मिल्दै नमिल्ने मनलाई वलजफती गरेर मिलाउनु खोज्नु हुदैन भन्ने मेरो मान्यता हो । सम्झौताका सम्बन्ध प्रायस ढिलो या चाँडो टुटेकै हुन्छ । जहाँ असीम प्रेम छ , अटुट माया छ , त्यो सम्बन्ध टुट्दै टुट्दैन , जति कोशिस गरे पनि छुट्दै छुट्दैन । किताब , कहानि र सिनेमामा मात्र होइन तपाई हाम्रै वरिपरि पनि प्रसस्तै छन् आदर्श प्रेमिल जोडीहरु । ति आदर्श जोडीको प्रेमलाई सेक्स, सम्पति र सन्तानका कारणबाट टुक्रिनु पर्दैन । उनीहरू वीच त माया , सम्मान , त्याग र समर्पण मात्र हुन्छ । आफ्ना वरिपरि ध्यानपूर्वक हेर्दा आजपनि शान्त सीतल जोडीहरु भेटिन्छन् । उनीहरूलाई भेट्दा आनन्द आउँछ , मनमा सम्मान जाग्छ ।

त्यस्तो जोडी पो जोडी ! माया र प्रेमको परिभाषा अलि फरक छ । अहिले म त्यतातिर जान्न । यी दुवै संजिवनी बुटी हुन् जिन्दगीका । यसले जीवन फलाउँछ फुलाउँछ । माया , प्रेम विनाको मान्छे त यसै आधा मरिरहेको हुन्छ । बाटो विराएर भड्किरहेको हुन्छ । प्रेम त यस्तो अमृत हो जसलाई जति बाँड्यो उति बढ्छ । यो महिना भ्यालेन्टाइनको रुपमा चर्चित छ , फेब्रुवरी १४ लाई त्यसैले प्रेम दिवस भनेर मनाइन्छ । पश्चिमी सभ्यताबाट सापटमा आएको यसले विश्वमै प्रभाव छोडिसकेको छ ।

अहिले यतिखेर प्रेम दिवस मनाउने होडवाजी छ । नेपाल किन अछूतो रहन्थ्यो र ! नेपाली माझ पनि यो प्रभाव केहि वर्ष यतादेखि फैलदै गएको छ । एक दिन गुलाफको फूल दिंदैमा र रेस्टूरेंन्टमा गएर खादैमा माया बढ्ने होइन । वर्षदिनभरी एकले अर्काको मन बुझ्न नसकेपछि एकदिनको देखासिखिले के के नै फलिफाप हुन्छ र ! हुन त प्रेम दिवस मनाउने प्रचलनलाई नराम्रो भन्न खोजेको होइन । माया प्रेम साटासाट गर्ने दिवस आफैमा किन नराम्रो हुन्थ्यो !

माया त्यसै पनि मीठो र अमूल्य हुन्छ । मनभरी मायाको फूल फुलाउने जोडिलाई ओइली जाने त्यो गुलाफको फूलको आवश्यकता नै पर्दैन । " जीवनलाई जोड़दछ मायाले " अशेष मल्ल दाइले भन्नु भएको कुरा सारै चित्त बुझ्यो । प्रेम दिवसको शुभकामना ।