५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकपटक पुग्नै पर्ने धार्मिक स्थल हलेसी (फोटो फिचर)



अ+ अ-

नेपालीहरुमा घुम्ने संस्कृति बढेको छ । विगतमा आफन्तसँग भेटघाटका लागि मात्र निस्कने नेपालीहरु अहिले समय र फुर्सद मिलेमा मनोरन्जन र ज्ञान प्राप्तिका लागि कुनै न कुनै ठाउँमा पुग्ने गरेका छन् ।

कतिपय भने धर्मकर्म गर्ने उद्देश्यले धार्मिक स्थलको भ्रमण गर्छन् । यस्तै धार्मिक स्थलमध्येको एक हो– पूर्वी नेपालको प्रसिद्ध हलेसी महादेव मन्दिर । हलेसी महादेव नेपालको प्रसिद्ध हिन्दू एवं बौद्ध तीर्थस्थल हो । यो खोटाङ सदरमुकाम दिक्तेल देखि करिब ९ कोष पश्चिम अवस्थित हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ मा पर्छ ।

समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको ‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन् ।

 

हिन्दू धर्म, बुद्ध धर्मको संगमस्थल मानिने हलेसी धाम करिब २६ रोपनीमा फैलिएको छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित रहेको छ । मनोरम प्राकृतिक छटाले भरिपूर्ण एवं विभिन्न अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टान (शिला)ले झकिझकाउ हलेसी धाममा विशेषत महादेव (शिव), बसाह र भैरवका तीनवटा महत्वपूर्ण गुफा छन् ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । महादेवलाई भस्मासु राक्षसबाट बचाउन मोहनी रूप धारण गरी भगवान विष्णु कैलाशबाट यस ठाउँमा आएको शास्त्रीय मान्यता छ । मोहनीले राक्षसलाई झुक्याएर भष्म गरिदिएकी थिइन्, जसको अवशेष भैरव गुफामा रहेको विश्वास गरिन्छ ।

त्यसैले यस लाई भष्मासुर गुफा पनि भनिन्छ । यहाँ राम नवमी, बाला चतुर्दशी, शिवरात्री र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन् । हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

 

फोटो-राधा अर्याल