• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

नेपाल टेलिकमको टावरमा कुकर बम विष्फोट



काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर नजिकै कुकर बम विस्फोट भएको छ ।

आज बिहान ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको टेलिकमको टावर परिसरमा बम विष्फोट भएको हो । विस्फोटबाट टावर परिसरमा रहेको भवनमा सामान्य क्षति भएको छ ।

बम विस्फोट लगत्तै कुशेश्वर दुम्जाबाट प्रहरी टोली खटिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।