• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

माधब नेपाल बिरुद्ध परेको रिटको सर्बोच्चमा सुनुवाई हुदै



काठमाडौ । पूर्बप्रधानमन्त्री माधब कुमार नेपालले तत्कालीन मन्त्री परिषद्बाट बालुवाटारको ललितानिबासमा रहेको सरकारी जग्गा ब्यक्तिको नाममा लैजाने निर्णय गरेको भन्दै सर्बोच्च अदालतमा परेको रिटको सुनुवाइृका लागि पेसी तोकिएको छ ।  

बरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेले  तत्कालीन प्रधानमन्त्री माधब नेपाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई बिपक्षी बनाई दायर गरेको रिट न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरि फुयाँलको संयुक्त इजलासमा सुनुवाई हुदैछ । 

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संलग्नता रहे  पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको न्यौपानेले रिट दायर गर्नुभएको थियो  । यस अघि पटक पटक पेसीमा राखेपनि हेर्न नभ्याइने भन्दै सरेको रिटको आज पुनः पेसीमा राखिएको हो ।