१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना

हामी उपभोक्ता, कहाँ–कहाँ ठगिन्छौं ?

हामी उपभोक्ता, कहाँ–कहाँ ठगिन्छौं ?
अ अ+ अ-

काठमाडौं । आज विश्व उपभोक्ता दिवस । उपभोक्ताको हक, अधिकार, कर्तव्य, दायित्वलगायतका विषयमा चर्चा हुन्छ । प्रत्येक वर्ष उपभोक्ता अधिकार दिवसका दिन हुने चर्चा यस्तै छन् । सरकारले उपभोक्ता अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउँछ ।

अधिकारकर्मीहरु ठूलो ठूलो स्वरमा आफ्ना कुरा सुनाउछन्, हामी उपभोक्ता अब सबै ठीक हुन्छ भनेर मख्ख पर्छौं । तर भएको केही छैन, हुने पनि केही छैन ।

उपभोक्ताहरु हरेक पाइला पाइलामा ठगिएका छन् । नूनदेखि सुनसम्ममा सुद्धता छैन । कालोबजारी बढेको छ । तर उपभोक्ता अधिकारका कुरा गर्न सरकारले छाडेका छैन् । अहिले हामीले दैनिक जीवनमा प्रयोग गर्ने सामानको गुणस्तरबारे न कसैले जाँचबुझ गर्छ न त अनुगमन नै भएको छ ।

उपभोक्ताले दाउ, तेल, घ््यू, मसला शुद्ध खान पाएका छैनन् । सबै चिजमा मिसावट छ । हुँदाहुँदा दूधमा पानी मिसाउने मात्र होइन, चिल्लो पदार्थ सबै निकालेर महंगोमा बिक्री गरेको खल्लो दूध मात्र खान पाइरहेका छन् । दूधमा कति प्रतिशत कुन मात्रा न्यूनतम् कायम गर्नुपर्ने भन्ने हेक्का व्यापारीले गरेका छैनन् ।

मिसावट मात्र होइन, बजारमा मूल्यमा एकरुपता छैन । एउटै सामानको भाउ बजारैपिच्छे फरक फरक छ । एउटा पसलमा एउटा मूल्य पर्ने सामान अर्को पसलमा त्यही सामान फरक मूल्य पर्छ । उत्पादक कम्पनी एउटै र मिति एउटै हुँदा पनि किन व्यापारीले मनपरी ढंगले फरक मूल्य तोकेका हुन् कसैलाई थाहा छैन ।

सार्वजनिक यातायातको बेतिथी उस्तै छ । यातायात व्यवसायी, चालक र सहचालकको मनपरी छ । भाडामा एकरुपता छैन । सरकारले निर्धारण गरेको भन्दा धेरै भाडा असुली भइरहेको छ । त्यति मात्र होइन, पुरै भाडा लिने तर भनेको ठाउँमा नपुर्‍याउने समस्या उस्तै छ । अझ ट्याक्सी त न मिटरमा जान चाहन्छन् न त आफूहरुले भनेको ठाउँमा छैन । मनपरी मूल्य निर्धारण गरेर उपभोक्ता ठगीरहेका छन् ।

उपभोक्ता ठगीका गुनासा दैनिक सरकारी निकायमा पुग्छन् । सरकारले पनि गुनासोको सुनुवाई गर्ने गरेको दाबी गर्छ । तर उपभोक्ता ठगीने क्रम कहिल्यै कम भएको छैन । बरु उल्टो बढ्दैछ । उपभोक्ता ठगी नियन्त्रण र अनुगमन गर्ने जिम्मेवारी बोकेको वाणिज्य विभागले ठोस काम गर्न सकेको छैन । यो बाहेक बजार अनुगमन गर्ने राज्यका एक दर्जन निकायको अवस्था पनि उस्तै छ । चाडबाडका बेला बजारमा निस्कने र झारा टार्ने बाहेक अरु बेला मौन बस्ने गरेका छन् । जनशक्ति र प्रविधिको बहाना देखाएर पन्छिने प्रवृत्ति देखिन्छ ।

त्यसो त कानुनले अब प्रदेश र स्थानीय तहलाई पनि बजार अनुगमनको जिम्मेवारी दिएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा र स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा अनुगमन टोली हुन्छ । यो टोलीले राम्रोसँग समन्वय गरेर वस्तुको गुणस्तर, मूल्यलगायतका विषयमा अनुगमन गर्ने हो भने उपभोक्ता ठगीका घटना धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।