३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्वविद्यालयले भोलिपल्टदेखि नै काम गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्दैनः लोचन केन्द्र देवकोटा ५–१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउँनु हुँदैन: सेढाई देश छोड्नु युवाको बाध्यता होइन, विकल्प बन्नुपर्छः सांसद राणा मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष प्रचण्डद्वारा सहिदप्रति श्रद्धाञ्जलि



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद दिवसका अवसरमा सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

उहाँले एक सन्देश जारी गर्नुहुँदै जहानियाँ राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । 

जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण सहिदप्रति अध्यक्ष प्रचण्डले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइँदैछ ।