२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउनु हुँदैन: रघुजी पन्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरुमा रहेको निर्माणमुखी सामग्री निकासी गर्नसक्ने गरी विधेयक ल्याउन नहुने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताउनुभएको हो । उहाँले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी,बालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गर्नुभयो । उहाँले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरु विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताउनु भयो ।

उहाँले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी,वालुवा,ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्नसक्ने बुझिएकाले हटाउन माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानून बनाउन नहुने बताउनु भयो । उहाँले नेपाल आफैँ विकाउन्मुख देश भएकाले धेरै पूर्वाधारहरु बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताउनु भयो । उहाँले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निर्माणसँग सम्बन्धित रोड,गिट्टी वालुवाको प्रयोग ठिक ढङ्गले गर्नुपर्छ । सही तरिकाले प्रयोग गरियो भने सधैँ प्राप्त हुन्छ । बेठिक ढङ्गले प्रयोग गरियो भने समाप्त भएर जान्छ पुन: उत्पादन गर्न सकिँदैन । यो विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने छ । यसले यस्तो स्रोत निकासी गर्नसक्ने भन्ने बुझिन्छ । यो विषय सर्वोच्च अदालतले रोक लगाएको छ । सर्वोच्च अदालतमा विचाराधिन रहेकाले सरकारले कानून ल्याउन मिल्दैन । मेरो पनि मान्यता के छ भन्दा निर्माण सामग्री नेपालभित्र प्रयोग गर्ने हो । नेपाल आफैँ विकाउन्मुख देश हो । धेरै पूर्वाधारहरु बनाउनुपर्छ । सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन यी सामग्री चाहिन्छ । अहिले नाफाको लागि निकासी गर्न छुट दियौं भने भोली आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउँदैन । त्यसैले यस्तो कानून हटाउनुपर्छ । निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालिन स्रोतको रुपमा हेर्नुपर्छ । हाम्रो वातावरण र जलवायु परिर्वतनलाई थप असर पुर्‍याउने कुरामा सचेत हुनुपर्छ । हरेक पटक आउँछ । यो छिमेकी देशको दबाब हो की जस्तो पनि लाग्छ । उनीहरुलाई अत्याधिक निर्माण सामग्री आवश्यक भएको छ ।’

उहाँले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालिन स्रोतको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वातावरण र जलवायु परिवर्तनलाई थप असर पुर्‍याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताउनु भयो ।




भर्खरै