• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह ★   नारायणीको बाढी बस्तीमा पस्यो ★   विगेन नेपालले मनायो १०औं वार्षिकोत्सव ★   स्याङ्जामा पहिराेमा पुरिएर तीनजनाको मृत्यु ★   तनहुँमा पहिराेमा परी तीन बेपत्ता ★   एकीकृत समाजवादीको बैठक भोलि फेरि बस्ने ★   रास्वपा संसदीय दलको बैठक आइतबार बस्दै ★   बिद्रोह नगरेको भए दास भएर बस्नुपर्दथ्यो ,समर्पण गरेर बस्नुपर्दथ्यो: माधव नेपाल ★   मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त ★   काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले महोत्तरी जिल्लाको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा आवश्यक स्रोत, साधन र जनशक्ति पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले ४१ वर्ष अगाडी स्थापना गरिएको सो प्रादेशिक अस्पतालमा अझैपनि स्रोत, साधन र जनशक्तिको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले शैय्याको संख्या थप्ने निर्णय गरेको तर सो अनुरुपको दरबन्दी र जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक दरबन्दी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस र ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु प्रयोगविहिन अवस्थामा रहेका बताउनु भयो । उहाँले सेवाग्राहीले सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मधेसका स्वास्थ्य संस्थाहरुको दुर्गती देखेका छौँ । जनताहरुले आधारभुत सेवाका लागि तड्पिएको देखेका छौँ । र त्यहाँ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र उपयुक्त स्रोत, साधन पाउनका लागि लडिरहेको अवस्था पनि हामीले देखेका छौँ । अब यो पीडाहरु भोग्नु नपरोस् । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको कुरा गर्न चाहन्छु, १५ शैय्याको जलेश्वर प्रादेशिक अस्पताल ४१ वर्ष अगाडी स्थापना गरिएको । कागजमा करिव ४ वर्ष अघि ५० सैय्यामा र ६ महिना अघि १०० शैय्यामा स्तरोन्नति गरिएको छ ।’

‘बेडको संख्या बढाएर बढिभन्दा बढी जनताले सेवा पाउँछन् कि त्यसमार्फत सेवा पुर्‍याउन जनशक्ति, स्रोत, साधन र अन्य सहयोगको पनि आवश्यकता हुन्छ ? अस्पताल प्रशासनले बारम्बार जनशक्ति व्यवस्थापनका लागि पत्राचार गरिराख्दा पनि आजसम्म यो अस्पताल १५ शैय्याको दरबन्दीमा मात्रै चलिराखेको छ । बेड अनुसारको दरबन्दी र दरबन्दी अनुसारको जनशक्तिको व्यवस्थापन नहुँदा २४ घण्टे सेवा प्रवाहमा कस्तो र कति कठिनाई उत्पन्न हुन्छ भन्ने मामुली कुरा नि सरकारले नबुझ्ने हो भने अरु प्रगति स्वास्थ्यमा कसरी हुन्छ ? जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस, ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु वर्षौदेखि प्रयोग विहिन अवस्थामा रहेको । सेवाग्राही सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

उहाँले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।