१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग

जलेश्वरस्थित प्रादेशिक अस्पताललाई आवश्यक जनशक्ति दिन सांसद कार्कीको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले महोत्तरी जिल्लाको जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा आवश्यक स्रोत, साधन र जनशक्ति पुर्‍याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले ४१ वर्ष अगाडी स्थापना गरिएको सो प्रादेशिक अस्पतालमा अझैपनि स्रोत, साधन र जनशक्तिको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सरकारले शैय्याको संख्या थप्ने निर्णय गरेको तर सो अनुरुपको दरबन्दी र जनशक्ति व्यवस्थापन हुन नसकेको भन्दै आवश्यक दरबन्दी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस र ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु प्रयोगविहिन अवस्थामा रहेका बताउनु भयो । उहाँले सेवाग्राहीले सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मधेसका स्वास्थ्य संस्थाहरुको दुर्गती देखेका छौँ । जनताहरुले आधारभुत सेवाका लागि तड्पिएको देखेका छौँ । र त्यहाँ चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु र उपयुक्त स्रोत, साधन पाउनका लागि लडिरहेको अवस्था पनि हामीले देखेका छौँ । अब यो पीडाहरु भोग्नु नपरोस् । महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालको कुरा गर्न चाहन्छु, १५ शैय्याको जलेश्वर प्रादेशिक अस्पताल ४१ वर्ष अगाडी स्थापना गरिएको । कागजमा करिव ४ वर्ष अघि ५० सैय्यामा र ६ महिना अघि १०० शैय्यामा स्तरोन्नति गरिएको छ ।’

‘बेडको संख्या बढाएर बढिभन्दा बढी जनताले सेवा पाउँछन् कि त्यसमार्फत सेवा पुर्‍याउन जनशक्ति, स्रोत, साधन र अन्य सहयोगको पनि आवश्यकता हुन्छ ? अस्पताल प्रशासनले बारम्बार जनशक्ति व्यवस्थापनका लागि पत्राचार गरिराख्दा पनि आजसम्म यो अस्पताल १५ शैय्याको दरबन्दीमा मात्रै चलिराखेको छ । बेड अनुसारको दरबन्दी र दरबन्दी अनुसारको जनशक्तिको व्यवस्थापन नहुँदा २४ घण्टे सेवा प्रवाहमा कस्तो र कति कठिनाई उत्पन्न हुन्छ भन्ने मामुली कुरा नि सरकारले नबुझ्ने हो भने अरु प्रगति स्वास्थ्यमा कसरी हुन्छ ? जनशक्तिको अभावमा आइसियु, हेमोडाइलाइसिस, ब्लड बैंक चलाउन ल्याइएको बहुमूल्य उपकरणहरु वर्षौदेखि प्रयोग विहिन अवस्थामा रहेको । सेवाग्राही सेवा लिनबाट विमुख रहेको कुराको जिम्मेवारी सरकारले लिनुपर्छ ।’

उहाँले नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।