२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ



file-photo
अ+ अ-

काठमाडौँ । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कुवेतबाट पक्राउ परेका छन् ।

लागु औषध मुद्दामा फरार रहेका इलाम संगरुम्बा-५ का २९ वर्षीय रोशन राईलाई इन्टरपोलमार्फत पक्राउ गरी बिहीबार काठमाडौं फिर्ता ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।

ईलाम नगरपालिका का २५ वर्षीय विकास बसेल समेत ३ जनालाई प्रहरीले अवैध लागु औषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा उक्त लागुऔषधको कारोबारमा रोशन राई समेतको संलग्नता रहेको पाईएपछि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २५ गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो । इन्टरपोल कुवेतसँग समन्वय गरी कारबाहीका लागि उनलाई नेपाल ल्याइएको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागु औषध नियन्त्रण ब्यूरो पठाईएको छ ।