२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कारकाे ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

कारकाे ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु
symbolic picture
अ अ+ अ-

काठमाडौं । कुबेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा मंगलबार भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको हो ।

महाबुल्ला क्षेत्रमा विहानै सडक छेउमा रहेका नेपालीलाई हुँकिएर आएको कारले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा लयती अछामका सुरतबहादुर कठायत, काठमाडौंका सुजन कार्की र धनुषाका धिरज गुर्मछान मगर छन् । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत थिए ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशासनले जनाएको छ ।