६ असार २०८३, शनिबार
,
Latest
राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनवटा प्रदेश प्रमुख पदमुक्त



अ+ अ-

काठमाडौं । तीनवटा प्रदेश प्रमुख पदमुक्त भएका छन् । राष्ट्रपति कार्यालयले एक बिज्ञप्ति जारी गर्दे उहाँहरु पदमुक्त हुनुभएको जानकारी गराएको छ ।

केन्द्रमा सत्ता समीकरण परिवर्तनको एक सातालगत्तै सरकारले मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाउने निर्णय गरेको थियो । सरकारले पदमुक्त गरेका प्रदेश प्रमुखहरू अघिल्लो गठबन्धनबाट कांग्रेसको कोटाबाट नियुक्त भएका थिए ।

अहिले पदमुक्त हुनेमा कांग्रेस कोटाबाट २०७८ सालको १२ साउनमा नियुक्त भएका गण्डकीका पृथ्वीमान सिंह गुरुङ, १ भदौमा नियुक्त भएका मधेशका हरिशंकर मिश्र र २३ कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशी हुनुहुन्छ ।

मन्त्रिपरिषद्ले नयाँ प्रदेश प्रमुखमा गण्डकीमा डिल्लीराज भट्ट, मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियाँलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।