२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन: राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।

स्वार्थहरुको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उहाँको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सत्ता केन्द्रित नयाँ सत्तासमिकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने जिकिर समेत गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले प्र्रश्तुत गरेको ७ बूँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो,‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाएपनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदाखेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । यसमा केही धेरै भनिराख्नु पर्दैन । त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस् । त्यसले छर्लङग पार्छ । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । र यो सत्ता केन्द्रित र मैले अगाडि भनेका विषयहरुमा केन्द्रित गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिँदैन ।’

अध्यक्ष लिङदेनले सत्ता केन्दित चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताउनु भयो ।

तस्बिर-रासस