• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी ★   दोषी करार गर्ने ढंगले काँग्रेसले ल्याएको प्रस्ताव मान्य हुँदैन: शिशिर खनाल ★   गृहमन्त्री लामिछानेलाई छानविनको दायरामा ल्याउनुपर्ने काँग्रेसको अडान यथावत ★   ब्रोइलर कुखुराको रोग मानिसमा सर्दैन: नेपाल भेटेरिनरी एशोसिएशन ★   कार्यदल बैठक निष्कर्षविहीन

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी हुँदैन: राजेन्द्र लिङदेन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभएको छ ।

स्वार्थहरुको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने उहाँको भनाई थियो । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वास मत सम्बन्धि प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सत्ता केन्द्रित नयाँ सत्तासमिकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने जिकिर समेत गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनले प्र्रश्तुत गरेको ७ बूँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताउनु भयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो,‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाएपनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदाखेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । यसमा केही धेरै भनिराख्नु पर्दैन । त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस् । त्यसले छर्लङग पार्छ । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । र यो सत्ता केन्द्रित र मैले अगाडि भनेका विषयहरुमा केन्द्रित गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिँदैन ।’

अध्यक्ष लिङदेनले सत्ता केन्दित चलखेल आफ्नो पार्टीले नगर्ने पनि बताउनु भयो ।

तस्बिर-रासस