१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

शहीदका बारेमा एकीकृत अभिलेख तयार पार्न प्रधानमन्त्री देउवाको निर्देशन (भिडियो सहित)

शहीदका बारेमा  एकीकृत अभिलेख तयार पार्न प्रधानमन्त्री देउवाको निर्देशन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न निर्देशन दिनुभएको छ । आईतवार शहीद दिवसको अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले राजनीतिक आन्दोलनमा शहीद भएकाहरुको सत्यतथ्य विवरणको एकीकृत अभिलेख बनाउन आवश्यक रहेको बताउनुभयो ।

शहीद स्तम्भ लैनचौरमा आयोजना गरेको कार्यक्रममा शहीद सम्बन्धी संकलन भएको विवरण सुरक्षित राख्न जरुरी रहेको भन्दै यस विषयमा ठोस कार्य अघि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको हो । उहाँले शहीदहरुको योगदानलाई चिरस्थायी बनाउन सरकारले शहीदका परिवारलाई सहयोग गर्ने तथा शहीदहरुको बारेमा युवा पुस्तालाई जागरुक बनाउनु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले शहीदहरुले देखेको सपनालाई साकार बनाउन सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खाँचो रहेको भन्दै शहीदहरुको परिकल्पनाअनुसारको सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट  मुक्ति दिलाउनु पर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले अबको देशको गन्तव्य आर्थिक रुपान्तरण र सुशासन भएकोले राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै र लोकतन्त्र संघीय शासन व्यवस्थालाई बलियो बनाएर मुलुकलाई चाँडै अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा रुपान्तरण गर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘शहीदहरुको बलिदान र आहूतिबाट नै आज मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी शासन प्रणाली स्थापित हुन सकेको छ । जनतामा राजनैतिक, सामाजिक चेतनाहरु फैलाउन तथा नागरिकहरुलाई आफ्नो हक अधिकारप्रति सचेत बनाइ मुलुकको अन्याय, अत्याचार र स्वेच्छाचारी शासनलाई उन्मुलन गर्ने शहीदहरुको उच्च योगदानप्रति हामी सबै नेपालीहरु नतमस्तक छौँ । निःस्वार्थ रुपमा देशको हीत, समुन्नतिको लागि जीवन समर्पण गर्ने शहीदहरुले देखेको सपनालाई साकार तुल्याउन आज हामी सबै आफ्नो क्षेत्रबाट प्रतिवद्ध भई लाग्नुपर्ने खाँचो छ ।

शहीदले परिकल्पना गरेअनुसार सुन्दर र समृद्ध राष्ट्र निर्माण गरी जनतालाई गरिबी,अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाई सबै किसिमका राजनीतिक स्वतन्त्रता तथा आर्थिक, सामाजिक अधिकार प्रयोग गर्न सक्ने सम्मको मुलुक निर्माण गर्ने राष्ट्रको दायित्व हो । शहीदको योगदानलाई चिरस्थायी बनाउन नेपाल सरकारले शहीदहरुको नाममा विभिन्न मार्ग प्रस्थानको नामाकरण गर्ने, पुस्तकालय स्थापना गर्ने, शहीदहरुको जीवनीसँग सम्बन्धित कुराहरुलाइ प्रकाशन गर्ने, युवा पुस्तालाई जागरुक बनाउने, शहीदका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने लगायतका कामहरु गर्दै आइरहेको छ । यस्ता कामहरुलाई राजनीतिवृत्तमा थप बिस्तार गरी शहीद परिवारलाई सक्दो सहयोग प्रदान गर्न सरकारले ध्यान दिनेछ । मुलुकभर विभिन्न राजनीतिक आन्दोलनमा शहीद भएका सबै शहीदहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गरी सुरक्षित राख्न जरुरी भएको हुँदा म सम्बन्धित मन्त्रालयलाई यस विषयमा ठोस कार्य अघि बढाउन निर्देशन दिन चाहन्छु ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको योगदानलाई सम्मान गरेर देश र जनताको लागि अठोटकासाथ अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले शहीदका सपनाहरुलाई साकार गर्न उनीहरुका सपनाको पहिचान गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

मेयर शाक्यले भन्नुभयो, ‘देश र जनताको लागि आहूति दिने शहीदहरुले मुलुकप्रति देखाएको समर्पण अतुलनीय छ । उहाँहरुले आफ्नो परिवार नहेरिकन लोकतन्त्र र देश, जनताको लागि योगदान गर्नुभएको छ त्यो कसैले पनि बिर्सन सक्दैन । शहीदहरुले दिएको योगदानलाई सम्मान गर्दै त्यही बाटोमा पहिल्याउँदै हामी सबैले देश र जनताको लागि केही गर्ने अठोटकासाथ अघि बढ्नुपर्छ । अघि बढेर उहाँहरुले देखेको सपनालाई साकार बनाउनु पर्छ ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले शहीदहरुको सम्झनास्वरुप माघ १० गते शहीद शुक्रराज शास्त्री, माघ १३ गते सिफलमा धर्मभक्त माथेमा र माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा माल्यार्पण गरेको बताउनु भयो ।