२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई सबै राजनीतिक दलहरुले मिलेर विश्वासको मत दिनु वाञ्छनीय हुन्छ: ओली



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंगो सदनले मिलेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनु वाञ्छनीय हुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राख्नुभएको विश्वासको प्रस्ताव चित्तोबुझ्दो भएकाले त्यस प्रस्तावलाई सदनमा रहेका सबै राजनीतिक दलहरुले मिलेर पारित गर्नु उपयुक्त हुने उहाँले जिकिर गर्नुभएको हो । अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूमाथि विश्वासको मत माग्ने प्रश्ताव राख्ने क्रममा गर्नुभएको तर्क, विश्लेषण र नयाँ सत्ता समिकरण बनाउनुको कारणबारे दिएको स्पष्टिकरण चित्तबुझ्दो भएको पनि बताउनु भयो ।

ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीको विश्वासको मत दिने प्रश्ताव वक्तव्य मैले राम्ररी सुनेँ । उहाँको तर्क, विश्लेषण, किन सरकार पुनर्गठन गर्नुपर्‍यो भन्ने कारण । र अब उहाँ के चाहनु हुन्छ ? यसपछि भन्ने कारण, के का लागि यसो गर्नु भयो ? भन्ने कुरा । सबै कुराहरु सविस्तार बताउनु भयो । र कुराहरु, कारणहरु चित्तबुझ्दो छ । म समर्थनबाटै शुरु गर्छु । यस सदनले सबैले मिलेर यस प्रश्तावलाई पारित गर्नु वाञ्छनीय छ जस्तो लाग्छ ।’

ओलीले प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारले देश र जनताको पक्षमा काम गर्ने पनि बताउनु भयो ।