१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडौंको मालिक बलिउडका सुपरस्टार तर पनि यी अभिनेताले बुबासँग पकेट मनी लिन्छन्



अ+ अ-

एजेन्सी । तस्बिरमा देखिएका यी अभिनेताले पछिल्लो केही वर्षदेखि बलिउडमा राज गर्दै आएका छन् । तर के तपाईलाई थाहा छ करोडौंको मालिक भए पनि यीनी आफ्नो बुवाबाट पकेट मनी लिन्छन ।

बलिउडमा रोमान्टिकदेखि एक्शनसम्म आफ्नो बल देखाउने यी अभिनेतालाई आज बलिउडको सुपरस्टार भनिन्छ । यति हुँदाहुँदै पनि उनले बुबाबाट पकेटमनी लिएर खर्च चलाउँछन् ।

यदि तपाई यस अभिनेतालाई चिन्न सक्नुभएन भने, हामी तपाईलाई भनौं कि उनी अरु कोही होइन बलिउडका ‘भाईजान’ सलमान खान हुन् । चलचित्र ‘बीवी हो तो ऐसी’बाट अभिनेताले आफ्नो करियर सुरु गरेका थिए । तर उनको वास्तविक पहिचान फिल्म ‘मैने प्यार किया’ बाट भयो ।

त्यसबेलादेखि आजसम्म सलमानले आफ्नो अभिनयबाट बलिउडमा राज गरिरहेका छन् । यही कारणले आज उनी करोडौंको सम्पत्तिको मालिक बनेका छन् । तर अपार धनको बाबजुद सलमान खानले आफ्नो बुवाको पकेट मनीबाट पैसा खर्च गर्छन् ।

हो, यो बिल्कुल सत्य हो । कपिल शर्माको शोमा सलमान खानले नै यसको खुलासा गरेका हुन् । जब उनी आफ्ना भाइहरूसँग यो शोमा पुगे ।

सलमान खानले भनेका थिए कि उनले आफ्नो सबै कमाई आफ्नो बुबालाई दिन्छन् । त्यसपछि बुबा सलिम खानले त्यो पकेट मनी सलमानलाई दिन्छन् । जसबाट सलमानले आफ्नो खर्च धान्न्छन् ।

सलमान खान बाहेक अभिनेता विन्दु दारा सिंहले पनि यसको खुलासा गरेका छन् । उनले भनेका थिए, सलमान खानका बुवा सलीम खानले अझै सलमानलाई पकेट मनी दिन्छन् । तर सलमान खानले यसको धेरैजसो आफ्नो खर्च गर्दैनन् तर गरिबलाई बाँड्छन् ।

कामको कुरा गर्ने हो भने, सलमान खान पछिल्लो पटक फिल्म टाइगर ३ मा देखिएका थिए । फिल्ममा उनी कट्रिना कैफसँग देखिएका थिए । फिल्ममा इमरान हाशमी खलनायकको भूमिकामा थिए ।