१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी

पार्टीका सांसदहरुलाई ओलीको निर्देशन: सरकारको आलोचना नगर्नू

पार्टीका सांसदहरुलाई ओलीको निर्देशन: सरकारको आलोचना नगर्नू
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

मंगलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सरकारको बारेमा कुनै आलोचना गर्नुपर्‍यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताउनु भयो । कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ । कहिले कहिले मान्छे हिँड्दाहिँड्दै तराईतिर खासगरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसंग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ । त्यसकारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पथ्र्योंं, झस्किनु पथ्र्यो । झस्केको ठिक छ । तर सर्प भनेर त्यतिखेर भनेपनि त्यो नहुन सक्छ । त्यसकारण प्याट्टप्याट्ट बोलिहाल्दा खेरी कहिले कहिले नराम्रो हुन्छ । त्यस्तो लाग्यो भने छलफलमा ल्याउन सकिन्छ । हामी छलफल गर्नसक्छौ । कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ ।’

‘यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ । त्यो म साथीहरुलाई आग्रह गर्न चाहन्छु । भोलि प्रधानमन्त्रीमाथि विश्वासको मत छ भनेर हामीले भन्नुपर्नेछ । पहिलेपहिलेका कुराहरुमा प्रधानमन्त्रीले गल्ती पनि गरेको हुनसक्छ, ठूल्ठूला गल्ती । उहिलेका कुरा । अहिले प्रधानमन्त्रीले एकदम राम्रो काम गर्नु भएको छ । एकदम अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन उहाँले पहलकदमी लिनुभएको छ । कमसेकम एक डेढ वर्षलाई उहाँको पद कुनै खतरामा थिएन । चलेकै थियो । तर एक डेढ वर्षमा पदमा बसिरहनु, चल्नु मात्रै होइन । देश अपm्ठयारोमा पर्‍यो भनेर रिअलाईजेशन गरेर उहाँले फरक ढंगले कदम चाल्नुभएको छ । त्यसकारण त्यस कदमलाई इतिहासतिर मात्रै हेरेर हुँदैन । अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम । त्यसकारण मैले अघि नै भने–प्रधानमन्त्री कदम यो गठबन्धन त्याग गर्ने र नयाँ देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखि यस्तो नयाँ समिकरण निर्माण गर्ने पहल जुन गर्नु भयो, यो स्वागतयोग्य कुरा हो ।’

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि दोहोर्‍याउनु भयो ।