१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्छः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले विद्यमान नीतिलाई सहजिकरण गर्नसके मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनसक्ने बताउनुभएको छ ।

शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउन भएको हो । उहाँले सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावका आधारमा नीतिहरु बनाउन नसक्दा अर्थतन्त्रले अहिले चुनौती भोग्नुपरेको बताउनु भयो ।

उहाँले त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने राज्यले सोचेको दाबी गर्नुभयो । निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समयमा नीतिहरु बनेको भए अहिलेको समस्या भोग्नु नपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र खुम्चिएर गएको भन्दै राज्यको नीतिकै कारण बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता थुप्रिएको बताउनु भयो । उहाँले अहिले व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारको नीतिको कारण अफ्ठ्यारोमा परेका उद्योगी व्यवसायीहरुलाई सहजिकरण गर्ने नीति नबनेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्ने अवस्था नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ सरकारले कोभिड–१९ पछि निजी क्षेत्रले दिएका सुझावहरु सरकारले सुनेन । त्यो बेला निजी क्षेत्रले दिएका सुझावलाई परम्परागत सोचाईबाट निजी क्षेत्रको हित र फाइदाको लागि भन्ने सोचियो । त्यो दृष्टिकोणले हेरेर निजी क्षेत्रले दिएका सुझावका आधारमा ठिक समय नीतिहरु बन्न सकेन । त्यसले मुलुकको अर्थतन्त्र खुम्चिएर गयो । बैंक तथा वित्तीय संस्थाहरुसँग प्रशस्त मात्रामा तरलता छ । तर व्यवसायीहरुले बैकबाट ऋण लिनसक्ने अवस्था छैन । हरेक दिन पत्रिकामा व्यवसायीहरु कालोसूचीमा पर्ने गरेका छन् । सरकारको नीतिको कारण अफ्ठ्यारा छन् । सरकारले अहिले भइरहेको अर्थतन्त्रको प्रणाली नबिग्रने गरी नितिहरुमा सहजिकरण गर्नसक्यो भने मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकिन्छ । अन्यथा हजारौं मानिसहरुलाई रोजगारी दिने उद्योग प्रतिष्ठानहरु बैंकको ऋणबाट बाहिर निस्कने गरी राज्यको नीतिमा सहजिकरण गर्नुपर्छ ।’

उहाँले पर्यटन क्षेत्रमा निजी क्षेत्रले लगानी गर्ने वातारण नभएको बताउनु भयो । उहाँले सानो आयोजना बनाउनको लागि राज्यको वनदेखि लिएर जग्गाका नीतिको कारण सहज अवस्था नभएको बताउनु भयो ।