२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले अगाडी जाँदैन: सिटौला



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडी जान नसकिने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै राष्ट्रिय सभा सदस्य सिटौलाले राष्ट्रिय सभालाई प्रवुद्ध वर्गको भन्ने तर सामान्य प्राविधिक रुपमा मात्रै राखिएको भन्दै यस्तो तरिकाले राष्ट्रिय सभा अगाडी जान नसक्ने बताउनुभएको हो ।

उहाँले कांग्रेस रचनात्मक र बलियो प्रतिपक्षको रुपमा बसेर देशको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउन आवाज उठाउने बताउनु भयो । उहाँले कांग्रेस संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यतामा रहेको बताउनु भयो । राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्ने उहाँको भनाई छ । काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको आवाज उठाइने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जनताको हित संरक्षण जसरी गर्नसक्छौँ भनेर संविधानमा परिकल्पना भएको छ । त्यो कार्यान्वयन हुन सकेको छैन । यथार्थ कुरा हो । समग्र विषयमा हामी गम्भिर छौँ । र गम्भिरतापूर्वक छलफल गर्नेछौँ । राष्ट्रिय सभालाई एउटा प्रवुद्ध वर्गको भन्ने अनि सामान्य प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले राष्ट्रिय सभा अगाडी जाँदैन । हामी नेपाली काँग्रेसको तर्फबाट रचनात्मक ढंगले र बलियो प्रतिपक्षको रुपमा नेपालको राजनीतिक कोर्षलाई सही बाटोमा अगाडी बढाउनको लागि जनताको हितमा निरन्तर आवाज उठाइरहने छौँ । नेपाली कांग्रेसले यो संविधान भित्रबाट राज्य सञ्चालन हुनुपर्छ । र राज्य सञ्चालकहरुले जनताको हितमा काम गर्नुपर्छ भन्ने मुल मान्यतामा रहेर हामी आफ्नो जनताको हितमा आवाज उठाउँछौँ ।’

उहाँले आफूहरुले देश र जनताको हितको लागि राष्ट्रिय सभामा आवाज उठाउने बताउनु भयो ।