२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

को हुन् राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहाल ?

को हुन् राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित नारायणप्रसाद दाहाल ?
अ अ+ अ-

काठमाडौँ । परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ ।

कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उहाँलाई ‘सरल’ नामले चिनिन्छ ।

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय र ठूलो योगदान पुर्याउने योद्धा हुनुहुन्छ दाहाल । बाल्यकालदेखि नै कम्युनिष्ट पार्टीप्रतिको आस्था राख्नुभएका दाहाल विद्यार्थी जीवनमै पार्टीको सक्रिय सदस्यका रुपमा क्रियाशील हुनुभएको थियो ।

पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहँदै नेपाली जनयुद्धलाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्याउनुभएको थियो ।

विसं २०१९ उहाँ सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । उहाँले शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गर्नुभएका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो । उहाँ बाल्यकालमै कम्युनिष्ट पार्टीप्रति आस्थावान् बन्नुभएको थियो । कम्युनिष्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गरेको उहाँले सार्वजनिक रुपमा बताउनुभएको थियो ।

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निःशुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिष्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो । विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी हुनुभएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिनुभएको थियो ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिनुभयो । तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बन्नुभयो ।

विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन हुनुभयो । सो कमिटीमा एक वर्ष काम गर्नुभएका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुग्नुभएको थियो ।

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहनुभयो । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेल्नुभयो ।

विसं २०३७ देखि पार्टीको पूर्णकालीन सदस्य बन्नुभएका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभयो । नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

विसं २०४६ देखि नेपाल फर्किएर पार्टी आन्दोलनमा योगदान गर्ने उद्देश्यले नेपाल फर्कनुभएका दाहाल प्रवासको पार्टी गतिविधिमा कमी आएपछि पार्टी केन्द्रको निर्देशनमा पुनः भारत जानुभयो । सशस्त्र सङ्घर्ष उत्कर्षमा चल्दै गरेको बेला २०६० मा पार्टी निर्देशनमै नेपाल आउनुभएका दाहालले भेरी–कर्णाली क्षेत्रका विभिन्न तीन जिल्लाको पार्टीको जिम्मेवारी पूरा गर्नुभएको थियो । उहाँले कास्कीको समेत जिल्ला इञ्चार्जको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला इञ्चार्ज र उपत्यका आसपासका विभिन्न जिल्लाको समेत जिल्ला इञ्चार्जको भूमिकाा निर्वाह गर्नुभएका दाहाल जनतासँग जोडिएका नेताका रुपमा स्थापित हुनुहुन्छ ।

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधानसभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका–संसद् २०६३ मा उहाँ सदस्यका रुपमा भूमिका निर्वाह गर्नुभयो । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बन्नुभएका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभयो । अध्यक्ष प्रचण्डको दोस्रो प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

परिवारका सबै सदस्य पूर्णकालीन रुपमा विभिन्न सङ्गठनमा क्रियाशील गराउनुभएका दाहालले जनताको जीवनस्तरमा परिवर्तन ल्याउने विषय नै प्रमुख विषय भएको बताउनुहुन्छ । विशेषगरी पदलाई भन्दा जिम्मेवारीलाई महत्वपूर्ण ठान्ने दाहाल पार्टीले दिएको जस्तोसुकै जिम्मेवारी पनि इमान्दारीपूर्वक निर्वाह गर्नुभएको उहाँका सहकर्मीहरु बताउँछन् । उहाँले एउटा प्रसङ्गमा भन्नुभएको थियो, “म निष्पक्ष ढङ्गले पार्टीले खटाएको काम गर्छु, निष्ठाको राजनीतिमा विश्वास गर्छु, पार्टी ‘कमान्ड’को निर्देशन पालना गर्छु, मेरो इतिहासमा बेइमान भन्ने चाहिँ हुँदैन ।”

विधिमा पार्टी चल्ने कुरालाई आदर्श मान्ने दाहाल कम्युनिष्ट आचरणलाई प्रेरित गर्ने कुरामा विश्वास गर्नुहुन्छ । पार्टीलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुहुने दाहाल जनतालाई उचित लागेको कुरामा निरन्तर लाग्नुपर्ने बताउनुहुन्छ ।

वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उहाँको कथन छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ हुनुहुन्थ्यो । प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सर्नुभएको थियो । हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति सदस्यसमेत रहनुभएका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बन्नुभएको थियो ।

भारतका विभिन्न सहरमा नेपालीले गरेको दुःखदेखि गरिबी र पछौटेपनले पछाडि पारेको कर्णालीका विभिन्न बस्तीको राम्रो जानकारी राख्नुहुने दाहाल राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सम्हाल्ने ठाउँमा पुग्नुभएको छ । यो भूमिकालाई उहाँले इमान्दारीपूर्वक निर्वाह गर्ने सोमबार उम्मेदवारी दर्ताकै क्रममा बताइसक्नुभएको छ । रमेश लम्साल/रासस