• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ



जनकपुर । दाइजोमा सुनको सिक्री नपाएको भन्दै मण्डपमै बिहे रद्द गर्ने बेहुलासहित आठ जना पक्राउ परेका छन् ।

सुनको सिक्री नपाउँदा मण्डपमा नै विवाह अस्वीकार गरेका बारा कलैया उपमहानगरपालिका–४ घर भएका बेहुला उमेश साहसहित आठजना पक्राउ परका हुन् ।

सोमबार राति  वीरगञ्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी छोरी रमिता कुमारीसँग बरमाला विधि भइसकेपछि साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । बेहुलाले जन्ती फर्काउन खोज्दा प्रहरी पुगेर बेहुलासहित ८ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक धर्मजंग थिङ्ले जानकारी दिए ।

बेहुली पक्षले बिहे अघि नै बेहुलालाई नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप, एक एक थान सुनको औठी र हनुमानको माला दाइजोमा दिइसकेको बताईएको छ ।

पक्राउ परेका बेहुलासहितलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको छ ।