२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ: सांसद शर्मा



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले सत्तारुढ गठबन्धनको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्ने बताउनुभएको छ ।

मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद शर्माले वर्तमान सत्तारुढ गठबन्धनको सहयात्राले देशमा देखापरेको राजनीतिक संकटको हल गर्ने बताउनुभएको हो । उहाँले देशमा अहिले आर्थिक संकट र राष्ट्रियताको संकट पनि भएको उल्लेख गर्दै ति सबै संकट समाधानकालागि नयाँ सहयात्रा आरम्भ भएको बताउनु भयो । उहाँले अर्थतन्त्रको पुरानो लय र दिशा बदलेर मात्रै देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हाम्रो देश यतिबेला आर्थिक रुपमा संकटबाट गुज्रिरहेको छ । राष्ट्रियताको हिसावले पनि संकटबाट गुज्रिरहेको छ । मुख्यत: राजनीतिक हिसावले पनि संकटबाट गुज्रिरहेको छ । सायद यो कुरालाई आत्मसात गरेर एउटा नयाँ कोर्ष, नयाँ यात्राको थालनी भएको छ । यो राजनीतिक रुपमा शुरु भएको नयाँ सहयात्राले राजनीतिक संकटको हल गर्छ । हामीले लामो समयदेखि नेपालको अर्थतन्त्रको एउटा लय, बाटो र दिशा समात्यौँ । त्यो दिशालाई बदलेर उत्पादनमा वृद्धि र रोजगारी सृष्टिको दिशा बनाएर अगाडी जाँदा नै यो देशको अर्थतन्त्रको संकट समाधान गर्नसक्छौँ ।’

उहाँले देशको राष्ट्रियतालाई बलियो बनाउनको निम्ति राजनीतिक दलहरु पनि बलियो हुनुपर्ने बताउनु भयो ।




भर्खरै