• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   एमाले अध्यक्ष ओलीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेटवार्ता ★   लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा ★   द्रुत मार्गको धेद्रे सुरुङमार्ग छिचोलियो ★   ओली र रविबीच बालकोटमा भेटवार्ता, के भयो छलफल ? ★   आम जनता पार्टीको पदाधिकारी बैठक शनिबार बस्ने ★   प्रधानमन्त्री दाहालसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट ★   भियतनाममा अपार्टमेन्टमा आगलागी हुँदा १४ को मृत्यु, ६ घाइते ★   सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अनुमति ★   विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित भारतीय नागरिक पक्राउ ★   बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए, सत्तापक्षको जारी

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिन निर्देशन



काठमाडौँ । संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको बैठकमा लिखित सहमति भएको छ ।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठकमा लिखित सहमति भएको  प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको उनले बताए । यसअघि चार

यस्तै, चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको उनले बताए । ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।’, मल्लले बताए ।

आज हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पनि नेकपा एसले आफ्ना सांसदहरूलाई मतदान गर्न निर्देशन दिएको छ। यसअघि, एकीकृत समाजवादीका सांसदहरूले लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएका थिए ।