५ श्रावण २०८३, मंगलवार
,
Latest
बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई भोट दिन निर्देशन



अ+ अ-

काठमाडौँ । संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले, माओवादी र एकीकृत समाजवादीको बैठकमा लिखित सहमति भएको छ ।

राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा शीर्ष नेताहरूको बैठकमा लिखित सहमति भएको  प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आफ्ना सांसदहरूलाई निर्देशन दिइएको उनले बताए । यसअघि चार

यस्तै, चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेको उनले बताए । ‘अब कुनै समस्या छैन । यसअघि चार दलबिच ८ बुँदेमा हस्ताक्षर भएको थियो । अब पाँच दल भएको छ । सहमतिमा हस्ताक्षर भएको छ ।’, मल्लले बताए ।

आज हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पनि नेकपा एसले आफ्ना सांसदहरूलाई मतदान गर्न निर्देशन दिएको छ। यसअघि, एकीकृत समाजवादीका सांसदहरूले लिखित सहमतिबिना प्रधानमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएका थिए ।