• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीको योजना !



काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको योजनालाई कांग्रेस सभापति शेरबहादुर देउवाका कारण रोकिएको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिँदै राउतले बालेनलाई पक्राउ गर्न प्रधानमन्त्री दाहाल सरकारले गोप्यबैठक डाकेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले गत भदौमा आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए । त्यही स्ट्याटसका कारण प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले शाहलाई पक्राउ गर्न खोजेको राउतले खुलासा गरेका हुन् ।

‘बडो गोप्य तरिकाले बैठक बसेको थियो, एजेन्डा थाहा थिएन,’ उनले फायर साइड कार्यक्रममा भनेका छन्, ‘बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए ।’ त्यहाँ पुगेपछि उनले थाहा पाए, काठमाडौंका प्रमुख बालेनले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।

सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रधानमन्त्री दाहालले बैठकमा राउतसँग सल्लाह मागे । आफूले काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन् ।

’सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला । मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन । उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन् । तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ । तर उहाँहरूले ‘के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ’ भन्नुभयो,’ राउतले कार्यक्रममा भनेका छन् ।

बालेनलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री दाहाल र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान रहेको उनले बताए । भने, ‘उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेनलाई पक्रन हुँदैन भन्ने अडान राखेको उनले खुलाएका छन् । ‘लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,’ राउतले भने ।