५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीको योजना !



अ+ अ-

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको योजनालाई कांग्रेस सभापति शेरबहादुर देउवाका कारण रोकिएको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिँदै राउतले बालेनलाई पक्राउ गर्न प्रधानमन्त्री दाहाल सरकारले गोप्यबैठक डाकेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले गत भदौमा आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए । त्यही स्ट्याटसका कारण प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले शाहलाई पक्राउ गर्न खोजेको राउतले खुलासा गरेका हुन् ।

‘बडो गोप्य तरिकाले बैठक बसेको थियो, एजेन्डा थाहा थिएन,’ उनले फायर साइड कार्यक्रममा भनेका छन्, ‘बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए ।’ त्यहाँ पुगेपछि उनले थाहा पाए, काठमाडौंका प्रमुख बालेनले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।

सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रधानमन्त्री दाहालले बैठकमा राउतसँग सल्लाह मागे । आफूले काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन् ।

’सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला । मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन । उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन् । तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ । तर उहाँहरूले ‘के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ’ भन्नुभयो,’ राउतले कार्यक्रममा भनेका छन् ।

बालेनलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री दाहाल र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान रहेको उनले बताए । भने, ‘उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेनलाई पक्रन हुँदैन भन्ने अडान राखेको उनले खुलाएका छन् । ‘लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,’ राउतले भने ।