२३ कार्तिक २०८१, शुक्रबार
,
Latest
‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने पाथीभरामा केबलकार शिलान्यास विवादमा तीन घाइते अमेरिकामा मनाइयो छठ निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश पाण्डे कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ किरात संस्कृतिको संरक्षण गर्न साखेवा सिली प्रशिक्षण प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन हिमाल हेर्दै घरबासमा रमाउदै विदशी पर्यटक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलाई पक्राउ गर्ने प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजीको योजना !



अ+ अ-

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई पक्राउ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको योजनालाई कांग्रेस सभापति शेरबहादुर देउवाका कारण रोकिएको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा अन्तर्वार्ता दिँदै राउतले बालेनलाई पक्राउ गर्न प्रधानमन्त्री दाहाल सरकारले गोप्यबैठक डाकेको बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख शाहले गत भदौमा आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञासमेत दिएका थिए । त्यही स्ट्याटसका कारण प्रधानमन्त्री दाहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले शाहलाई पक्राउ गर्न खोजेको राउतले खुलासा गरेका हुन् ।

‘बडो गोप्य तरिकाले बैठक बसेको थियो, एजेन्डा थाहा थिएन,’ उनले फायर साइड कार्यक्रममा भनेका छन्, ‘बैठकमा प्रधानसेनापतिदेखि प्रहरी प्रमुख र उपत्यकाका तीनैवटा जिल्ला सिडिओहरू थिए ।’ त्यहाँ पुगेपछि उनले थाहा पाए, काठमाडौंका प्रमुख बालेनले लेखेको स्ट्याटसका कारण उनलाई पक्राउ गरौं भनेर बैठक डाकिएको रहेछ ।

सिंहदरबार जलाउने धम्की र सरकारलाई चोरको संज्ञा दिइएकाले क्रूद्ध बनेका प्रधानमन्त्री दाहालले बैठकमा राउतसँग सल्लाह मागे । आफूले काठमाडौं मेयरलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन भनेर आफूले सल्लाह दिएको राउतले बताएका छन् ।

’सम्माननीय प्रधानमन्त्रीजीले मलाई के गर्ने भनेर सोध्नुभयो । नयाँले नयाँलाई समर्थन गर्छ भन्ने उहाँलाई लागेको होला । मैले भनेँ, उहाँलाई कुनै हालतमा पक्राउ गर्न हुँदैन । उहाँको स्ट्याटसमा सवा लाखजति कमेन्ट आएका छन् । तीमध्ये ९५ प्रतिशतमा सरकारलाई नै गाली गरिएको छ, उहाँको समर्थन छ । तर उहाँहरूले ‘के हामी चोर हौं, हामीलाई यस्तो भन्ने, पक्राउ त गर्नैपर्छ’ भन्नुभयो,’ राउतले कार्यक्रममा भनेका छन् ।

बालेनलाई पक्राउ गर्नुपर्छ भन्नेमा प्रधानमन्त्री दाहाल र पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठको अडान रहेको उनले बताए । भने, ‘उहाँहरू जसरी पनि ठोक्नुपर्छ भन्ने भाषा प्रयोग गर्दै हुनुहुन्थ्यो।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने बालेनलाई पक्रन हुँदैन भन्ने अडान राखेको उनले खुलाएका छन् । ‘लोकतन्त्र छ, यस्तो बोलिराख्छन् भनेर देउवाजीले भन्नुभयो । बोल्दैमा कहाँ आगो लगाइदियो त ! बोल्दैमा के हुन्छ ! बोल्न पाउनुपर्छ भन्ने उहाँको भनाइ थियो,’ राउतले भने ।