२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी

कर्णाली पुलमाथि गुड्दै गरेको ट्रकमा आगलागी
अ अ+ अ-

लम्की (कैलाली) । कर्णालीको पुलमा गुड्दै गरेको ट्रकमाथि आगलागी भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ५२९७ नम्बरको ट्रकमा हिजो साँझ एक्कासि आगलागी भएको हो ।

आगलागीबाट एक करोड १५ लाख ६८ हजार रुपैयाँ बराबरको ट्रकमा रहेको एक हजार एक सय कार्टुुन लाइटर र नगद रु ५७ हजार क्षति भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिनुभयो । क्षतिको अन्य विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक डाँगीका अनुसार आगलागीबाट ट्रक पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट पुुलको पूर्वपट्टी रहेका १४ वटा डोरीमा क्षति पुुगेको उहाँले बताउनुुभयो । आगो निभाउन लम्कीचुहा, घोडाघोडी, टीकापुर नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिकाको दमकल प्रयोग गरिएको छ । “हालसम्म ९५ प्रतिशत आगो नियन्त्रणमा आएको छ”, प्रहरी निरीक्षक डाँगीले भन्नुभयो ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासीलगायतले आगो निभाउने काम गरेका थिए । लम्कीचुहा नगरपालिका–३ का वडाअध्यक्ष लवबहादुर शाहीले आगलागीबाट पर्यटकीय पुलमा क्षति भएको बताउनुभयो ।

आगो पूर्णरुपमा निभाउन बाँकी रहेसम्म आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इञ्जिनियर निरज शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी घटनास्थलमै छौँ । मङ्गलबार बिहान प्राविधिक टोली आउँदै छ । क्षति यत्ति नै भएको छ भनेर भन्न सकिने अवस्था छैन । कर्णाली पुलमाथि सवारी आवागमन हाललाई बन्द गरेका छौँ ।”

पर्साको वीरगञ्जबाट सामान लिएर आएको ट्रक चालक जगनाथ जोशीले बताउनुभयो । “ट्रकमा लोड भएकाले बिस्तारै हाँकेको थिए । कर्णाली पुलमा पुग्दा पुलमा एक युवकले कराउँदै ट्रकमा आगो भन्दै चिच्याउँदा मात्र पछाडिपट्टीको भागमा आगो लागेको थाहा पाएँ”, उहाँले भन्नुभयो ।

पर्साको न्यू वागेश्वरी ढुवानी सेवाले लोड गराएको तपन इन्टरप्राइजेजको एक हजार एक सय लाइटर कञ्चनपुरको शिवओम इन्टरप्राइजेजको भएको ट्रक चालक जोशीले बताउनुभयो । ट्रकमा आगलागी हुँदा कञ्चनपुरको कृष्णपुर घर भएका ३६ वर्षीय जोशी र सहचालक दार्चुलाको शैलेश्वरी–८ का २४ वर्षीय धिरज जोशी मात्र सवार थिए । दुवैजना सकुशल प्रहरीको नियन्त्रणमा रहेका छन् । आगलागी भएको ट्रक धनगढीका जयप्रकाश चौधरीको रहेको चालक जोशीले बताउनुभयो । आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस