• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

जोन सिना ओस्कारको मञ्चमा नाङ्गै पुगेपछि…



एजेन्सी । हरेक पटक ओस्कार अवार्डमा केही न केही हुन्छ जसले हंगामा मच्चाउँछ । गत वर्ष विल स्मिथले क्रिस रकलाई थप्पड हानेका थिए भने यस पटक ठूला अभिनेता कपडा बिना स्टेजमा पुगेका छन् ।

विशेष कुरा के छ भने उनी जुन विधाका लागि मनोनयनमा आएका थिए त्यो उत्कृष्ट पोशाकको थियो । यी अभिनेता अरु कोहि होइनन् जोन सिना हुन । जोन सिना कपडा बिना स्टेजमा त पुगे तर उनलाई खाम खोल्न निकै संघर्ष गर्नुपरेको थियो ।

अवार्ड समारोहमा जोन सिना बिना कपडा स्टेजमा पुग्दा मानिसहरू अचम्मित बने । आफ्नो इज्जत जोगाउन, जोन सिनाले खाम प्रयोग गरे जसमा उत्कृष्ट पोशाक मनोनीतहरूको नाम लेखिएको थियो । जोन सिना लाजमर्दो हुँदै स्टेजमा आउँदै गरेको देखेर त्यहाँ उपस्थित सबै हाँस्न थाले ।

जोन सिनाले आफ्नो इज्जत ढाक्न प्रयोग गरेको खाम खोलेर पढ्न पनि सकेनन् । यस्तो अवस्थामा जोन सीनाले भने ‘कपडा धेरै महत्त्वपूर्ण छ । सायद सबैभन्दा महत्त्वपूर्ण ।’ जोन सीनाले यो भनेपछि मानिसहरू केही लुगा लिएर स्टेजमा आए र अभिनेतालाई छोपिदिए ।

जोन सीना कपडा बिना किन आइपुगे ?
जोन सीना यसरी लुगाबिना आइपुग्नु सबैका लागि स्तब्ध थियो । जोन सीना स्टेजमा आउनेबित्तिकै उनले शोका होस्ट जिमी किमेललाई भने – ‘पुरुषको शरीर कुनै मजाक होइन ।’ मिडिया रिपोर्टका अनुसार कपडा बिना स्टेजमा पुग्नुको पछाडि जोन सीनाको उद्देश्य भनेको कपडा कति महत्त्वपूर्ण छ भन्ने कुरा मानिसहरूलाई बताउन थियो ।