• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै ★   मेयर बालेन साहलाई अफ्ठ्यारोमा पार्ने काम भएको छ: प्रमुख सचेतक शाही ★   देउवा–ओली भेट हुनासाथ सत्ता समिकरण उलटफेर हुँदैन: सांसद सापकोटा ★   ब्रेक सु र इलेक्ट्रोनिक सामानमा लुकाएर ३२ क्विन्टल सुन तस्करी ★   ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव ! ★   नक्कली सुनको मुर्ति देखाई ठगी गरेको आरोपमा भारतीय नागरिकसहित पाँच जना पक्राउ ★   काँग्रेस एमालेका शिर्ष नेताहरुबीच भएको संवादबाट कोही चिन्तित हुनुपर्दैन: सांसद गिरी

चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा बनिन् मिस वर्ल्ड–२०२३



एजेन्सी । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले मिस वर्ल्ड २०२३ को उपाधि जितेकी छिन् । यसैबीच, मिस लेबनान यास्मिना जेतौन फस्ट रनरअप भइन् ।

को हुन् मिस वर्ल्ड विजेता क्रिस्टिना पिज्कोभा ?
क्रिस्टिना पिज्कोभा एक विद्यार्थी र अन्तर्राष्ट्रिय मोडेल हुन् । २४ वर्षीया क्रिस्टिना मोडलका रुपमा काम गर्नुका साथै कानून र व्यवसाय प्रशासनको अध्ययन गरिरहेकी छिन् । क्रिस्टिनाले तान्जानियामा अल्पसंख्यक बालबालिकाका लागि अंग्रेजी माध्यमको विद्यालय खोलिन् ।

उनले चेक गणतन्त्रमा क्रिस्टिना पिज्को फाउन्डेसन स्थापना गरेकी छिन् । जसमा उनले बालबालिकाका लागि मात्र नभई वृद्धवृद्धा र मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि धेरै विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् ।

क्रिस्टिनालाई ट्रान्सभर्स फ्लूट र भायोलिन पनि बजाउन मन पर्छ । उनले कला प्रतिष्ठानमा पनि ९ वर्ष बिताइन् ।

प्रतियोगितामा ११२ देशका प्रतियोगीहरुले भाग लिएका थिए । यो कार्यक्रम मुम्बईको प्रसिद्ध जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको थियो । फाइनल १०० भन्दा बढी देशहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

मिस वर्ल्ड–२०१३ मेगन यंगसँग करण जोहरले कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णायक सदस्यहरूमा प्रसिद्ध समाचार व्यक्तित्व रजत शर्मा, फिल्म निर्माता साजिद नाडियाडवाला, अभिनेत्री कृति सेनन र व्यापारी विनीत जैन थिए ।

यस्तै, गायक शान, नेहा कक्कड र टोनी कक्कडले सांगीतिक प्रस्तुति दिएका थिए ।