२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा बनिन् मिस वर्ल्ड–२०२३

चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभा बनिन् मिस वर्ल्ड–२०२३
अ अ+ अ-

एजेन्सी । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले मिस वर्ल्ड २०२३ को उपाधि जितेकी छिन् । यसैबीच, मिस लेबनान यास्मिना जेतौन फस्ट रनरअप भइन् ।

को हुन् मिस वर्ल्ड विजेता क्रिस्टिना पिज्कोभा ?
क्रिस्टिना पिज्कोभा एक विद्यार्थी र अन्तर्राष्ट्रिय मोडेल हुन् । २४ वर्षीया क्रिस्टिना मोडलका रुपमा काम गर्नुका साथै कानून र व्यवसाय प्रशासनको अध्ययन गरिरहेकी छिन् । क्रिस्टिनाले तान्जानियामा अल्पसंख्यक बालबालिकाका लागि अंग्रेजी माध्यमको विद्यालय खोलिन् ।

उनले चेक गणतन्त्रमा क्रिस्टिना पिज्को फाउन्डेसन स्थापना गरेकी छिन् । जसमा उनले बालबालिकाका लागि मात्र नभई वृद्धवृद्धा र मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि धेरै विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् ।

क्रिस्टिनालाई ट्रान्सभर्स फ्लूट र भायोलिन पनि बजाउन मन पर्छ । उनले कला प्रतिष्ठानमा पनि ९ वर्ष बिताइन् ।

प्रतियोगितामा ११२ देशका प्रतियोगीहरुले भाग लिएका थिए । यो कार्यक्रम मुम्बईको प्रसिद्ध जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको थियो । फाइनल १०० भन्दा बढी देशहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।

मिस वर्ल्ड–२०१३ मेगन यंगसँग करण जोहरले कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको निर्णायक सदस्यहरूमा प्रसिद्ध समाचार व्यक्तित्व रजत शर्मा, फिल्म निर्माता साजिद नाडियाडवाला, अभिनेत्री कृति सेनन र व्यापारी विनीत जैन थिए ।

यस्तै, गायक शान, नेहा कक्कड र टोनी कक्कडले सांगीतिक प्रस्तुति दिएका थिए ।