२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसन रोयले आईपीएलबाट नाम फिर्ता लिए



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि जेसन रोयको स्थानमा फिल साल्टलाई ल्याएको छ ।

रोयले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् । गत वर्ष दिल्ली क्यापिटल्स (डीसी)बाट खेलेका २७ वर्षीय साल्ट यस पटकको मिनी लिलामीमा बिक्रीमा परेका थिएनन् । फ्रेन्चाइजीले उनलाई १.५ करोड भारुमा समावेश गरेको छ ।

यी विकेटकिपर ब्याट्सम्यानले गत वर्ष वेस्ट इन्डिजविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाएका थिए । त्रिनिडाडमा ४८ बलमा शतक प्रहार गर्दै उनले इंग्ल्याण्डका लागि सबैभन्दा छिटो शतक बनाउने विश्व कीर्तिमानको बराबरी गरेका थिए ।

केकेआर टोलीले मार्च २३ मा सनराइजर्स हैदरावादविरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै आईपीएल सुरु गर्नेछ । पहिलो चरणमा उसले तीन टोलीसँग खेल्नेछ । टोलीको दोस्रो खेल मार्च २९ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग र अप्रिल ३ मा विशाखापट्टनममा दिल्ली क्यापिटल्ससँग हुनेछ ।