• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक आज



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च:मतीमा दिउँसो १२ बजे बस्न लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको प्रक्रिया र निर्वाचनका रणनीतिसम्बन्धी छलफल हुने छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ । यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ भाग लिएको थिएन् ।

इलाम क्षेत्र नम्बर २ को चुनावका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ । यसअघि बसेको सचिवालय बैठकले चुनावी कमान्डरका रूपमासहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरेको थियो ।

यही फागुन १९ गते रास्वपाले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम सकिसकेको छ । त्यही अनुसार उम्मेदवार छान्न तयारी उसको छ ।

नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो । चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ ।