२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रस्तावको सूचना दिने कार्यक्रम, चुनाव भोलि



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज प्रस्तावको सूचना दिने कार्यक्रम छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज उम्मेदवार प्रस्तावको सूचना दिनुपर्ने छ । निर्वाचन भने भोलि हुने छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र भोलि दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यता नेपाली कांग्रेसले युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।




भर्खरै