२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रस्तावको सूचना दिने कार्यक्रम, चुनाव भोलि



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि आज प्रस्तावको सूचना दिने कार्यक्रम छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज उम्मेदवार प्रस्तावको सूचना दिनुपर्ने छ । निर्वाचन भने भोलि हुने छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ देखि दिउँसो १ बजेसम्म प्रस्तावको सूचना दिने कार्यक्रम तय गरिएको संघीय संसद् सचिवालयले जनाएको छ । साढे १ बजे दर्ता भएका प्रस्तावको सूचना प्रकाशित गर्ने र भोलि दर्ता भएका प्रस्तावमा एक भन्दा बढी उम्मेदवार भएमा निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसका लागि राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर ९ मिनेटमा तय भएको छ ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा छ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालका भाई नारायण दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यता नेपाली कांग्रेसले युवराज शर्मालाई बनाउने निर्णय गरेको छ ।