५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको पोस्टमा टोटेनह्यामको ४ गोल



अ+ अ-

इङलिस प्रिमियर लिगमा यस सिजन निकै फर्ममा देखिएको एस्टन भिल्ला पछिल्ला केही खेलहरुमा राम्रो प्रदर्शन गर्नबाट चुकेको पाइएको छ । यो सहित पछिल्ला पाँच खेलमध्ये दुई खेलमा एस्टन पराजित भएको छ ।

आइतबार भिल्ला पार्कमा सम्पन्न खेलमा टोटेनह्याम हस्परले एस्टनलाई ४—० गोल अन्तरले पराजित गरेको छ । टोटेनह्यामका लागि जेम्स म्याडिसनले ५०औं मिनेटमा पहिलो गोल गरेका थिए ।

लगत्तै ५३ औं मिनेटमा ब्रेनान जोन्सनले दोस्रो गरेर टिमको पकड मजबूत बनाएका थिए । खेलको अन्त्यतिर इन्जुरी समयमा दुई गोल भएको थियो । ९१औं मिनेटमा सोन ह्युङ मिन र ९४ औं मिनेटमा टिमो वेर्नरले गोल गरेका थिए ।

यो जितसँगै टोटनह्यामको २७ खेलबाट ५३ अंक प्राप्त भएको छ र अंक तालिकामा पाँचौं स्थानमा छ । तर एक खेल बढी खेलेको एस्टन भिल्लाको २८ खेलबाट ५५ अंक सहित चौथो स्थानमा यथावत छ ।

प्रिमियर लिगको शीर्ष चार स्थानमा रहेका टिमबीचको अंकका कारण प्रिमियर लिग निकै रोचक मोडमा छ । पहिलो स्थानमा रहेको आर्सनलको ६४, दोस्रो स्थानमा रहेको लिभरपुलको ६३ र तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ६२ अंक छ ।

आजै दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यान्चेस्टर सिटीबीच खेल हुँदैछ ।