• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर ! ★   महिला ट्वान्टी–२० क्रिकेटको फाइनलमा सुदूरपश्चिम र एपिएफ भिड्ने ★   अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ ★   लामखुट्टेको समूह किन मानिसको टाउको माथि घुम्छ ?

भारत र युरोपेली इएफटिएबीच १०० अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर



भारत र नर्वे तथा स्विट्जरल्यान्डसहित चार सदस्यीय युरोपेली ब्लक इएफटिएले लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि आइतबार एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन् ।

भारतका व्यापारमन्त्री पियुष गोयलले उक्त सम्झौताअन्तर्गत आइसल्यान्ड र लिक्टन्स्टाइनसहित गैर–युरोपेली सङ्घ मुलुकबाट बनेको युरोपेली स्वतन्त्र व्यापार सङ्घ (इएफटिए) विश्वको पाँचौँ सबैभन्दा ठूलो अर्थतन्त्रले भारतमा १५ वर्षमा एक सय अर्ब डलरको लगानी गर्ने जानकारी दिनुभयो ।

“भारत–इएफटिए व्यापार र आर्थिक साझेदारी सम्झौता (टिइपिए) हाम्रो बढ्दो साझेदारीमा कोसेढुङ्गा हो”, दिल्लीमा हस्ताक्षर गरेपछि मन्त्री गोयलले भन्नुभयो । उहाँले सम्झौताले निर्यात र लगानी प्रवर्द्धन तथा रोजगारी सिर्जना गरेर आपसी विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

सोह्र वर्षसम्म लामो वार्तापछि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । हस्ताक्षर समारोहमा उल्लेख गरिएको विज्ञप्तिअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले व्यापार सम्झौता ‘खुला, निष्पक्ष र समतामूलक व्यापारका लागि हाम्रो साझा प्रतिबद्धताको प्रतीक भएको’ बताउनुभएको छ ।

“सम्झौताले हामीलाई आफ्नो आर्थिक क्षमताको राम्रो उपयोग गर्न र भारत तथा इएफटिए दुवै राज्यका लागि थप अवसर सिर्जना गर्न अनुमति दिनेछ”, नयाँदिल्लीमा स्विस अर्थमन्त्री गाई पार्मेलिनले भन्नुभयो, “इएफटिए मुलुकहरूलाई एउटा प्रमुख विकास बजारसम्म अनुमति प्राप्त हुनेछ, बदलामा भारतले इएफटिएसँग अधिक विदेशी लगानी आकर्षित गर्नेछ जुन अन्तत: राम्रो रोजगारी वृद्धिमा परिणत हुनेछ ।”

इएफटिएको स्थापना आफ्ना सदस्यहरूबीच स्वतन्त्र व्यापार तथा आर्थिक एकीकरणलाई बढाउनका लागि सन् १९६० मा भएको थियो । सन् २०२१ मा यो वस्तुको हिसाबले विश्वको १०औँ सबैभन्दा ठूलो र सेवाका हिसाबले आठौँ सबैभन्दा ठूलो व्यापारी थियो ।

हालैका वर्षहरूमा भारतले अस्ट्रेलिया र संयुक्त अरब इमिरेट्ससँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । बेलायतसँग लामो समयदेखि छलफल भएको व्यापार सम्झौता पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।