१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

झक्कु सुवेदी राष्ट्रिय सभाको अध्यक्ष !



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष झक्कुप्रसाद सुवेदीलाई बनाउने तयारी गरेको छ ।

माओवादी केन्द्रको आज बस्ने बैठकले सुवेदीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गर्ने एक नेताले बताए । माओवादीमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल र नारायणप्रसाद दाहाल पनि अध्यक्षका आकांक्षी हुन् ।

तर अर्यालको दुई वर्ष र दाहालको कार्यकाल चार वर्ष मात्र बाँकी रहेकाले हालै निर्वाचित सुवेदीलाई अध्यक्ष बनाउन लागिएको हो । सुवेदी गत माघमा भएको राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभाको अध्यक्षको कार्यकाल ६ वर्षको हुन्छ । अर्याल र दाहाललाई अहिले अध्यक्ष बनाए बीचमै पदावधि सकिने भएकाले अहिले नै ६ वर्षसम्म आफ्नो अध्यक्ष कायम राख्न माओवादीले सुवेदीलाई अघि बढाउन लागेको हो ।

उम्मेदवारी दर्ता भोलि गर्नुपर्छ । निर्वाचन पर्सी मंगलबार हुने छ । त्यसका लागि माओवादीले आजै बैठक बसेर उम्मेदवार चयन गर्न लागेको हो ।

नेकपा माओवादी केन्द्र राष्ट्रियसभाको ठूलो दल हो । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले माओवादी केन्द्रको १७ सिट छ । माओवादीले सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारी दिने छ । यसो हुँदा माओवादीले जो उम्मेदवार उठायो उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने छन् ।
यसैगरी नेपाली कांग्रेसले पनि आजसम्म राष्ट्रिय सभाका अध्यक्षको उम्मेदवार तय गर्ने भएको छ । यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन चाहेको थियो । तर सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि सिटौलाले आफू उम्मेदवार बन्न अनिच्छा देखाएका छन् । कांग्रेस राष्ट्रिय सभाका दोस्रो दल हो । १६ सदस्य रहेको कांग्रेसले आफ्ना उम्मेदवारको पक्षमा अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

सिटौलाले राष्ट्रिय सभाको अध्यक्षमा अनिच्छा देखाएपछि अर्का उम्मेदवारको खोजी भइरहेको छ । नेताहरुले आनन्दप्रसाद ढुंगानालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेका छन् । सम्भवत: आजै बस्ने कांग्रेसको बैठकले उम्मेदवार टुंगो लगाउने छ ।