४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्दै, को–को बन्दैछन् मन्त्री ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । जनता समाजवादी पार्टी जसपालार्य समेटेर दाहालले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी हुँदैछन् । उनले जसपाका तर्फबाट सरकारको नेतृत्व गर्ने छन् । उनले उपप्रधान तथा स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने छन् ।

यसैगरी जसपाका अर्का नेता नवलकिशोर साह सुडीलाइ वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यस्तै जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । राष्ट्रपति कार्यालयमा उनीहरुको सपथ हुने छ । समयको समय भने निश्चित भएको छैन ।
जसपालाईसमेटेपछि प्रधानमन्त्री दाहालले ३० गते विश्वासको मत लिने तयारी गरेका छन् ।