१२ भाद्र २०८३, शुक्रबार
,
Latest
परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने पूर्वअध्यक्ष रेग्मीद्वारा बढी प्रभावितलाई सहयोगका लागि आह्वान सम्पर्कविहीन हेटौँडावासीको खोजीमा नगरप्रमुखसहितको टोली आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर इप्पानले पाँच करोड सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार को ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष चयनको मिति नजिकिँदै गर्दा पनि दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय गरेका छन् । उम्मेदवारी दर्ता भोलि गर्नुपर्छ । निर्वाचन पर्सी मंगलबार हुने छ ।

राष्ट्रियसभा अध्यक्ष चयनका लागि आज कांग्रेस र माओवादी केन्द्रका बैठक बस्दैछन् । दुवै दलले सम्भवत: आजै उम्मेदवारी टुंगो लगाउने छन् ।

नेकपा माओवादी केन्द्र राष्ट्रियसभाको ठूलो दल हो । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले माओवादी केन्द्रको १७ सिट छ । माओवादीले सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारी दिने छ । यसो हुँदा माओवादीले जो उम्मेदवार उठायो उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने छन् । त्यही कारण माओवादीभित्र राष्ट्रिय सभाको अध्यक्ष बन्न हानाथाप छ । अहिले राष्ट्रियसभाको उपाध्यक्ष रहेकी उर्मिला अर्याल, सदस्यहरु नारायण दाहाल र झक्कु सुवेदी अध्यक्षको आकांक्षी छन् ।

यसैगरी नेपाली कांग्रेसले पनि आजसम्म राष्ट्रिय सभाका अध्यक्षको उम्मेदवार तय गर्ने भएको छ । यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन चाहेको थियो । तर सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि सिटौलाले आफू उम्मेदवार बन्न अनिच्छा देखाएका छन् । कांग्रेस राष्ट्रिय सभाका दोस्रो दल हो । १६ सदस्य रहेको कांग्रेसले आफ्ना उम्मेदवारको पक्षमा अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

सिटौलाले राष्ट्रिय सभाको अध्यक्षमा अनिच्छा देखाएपछि अर्का उम्मेदवारको खोजी भइरहेको छ । नेताहरुले आनन्दप्रसाद ढुंगानालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेका छन् । सम्भवत: आजै बस्ने कांग्रेसको बैठकले उम्मेदवार टुंगो लगाउने छ ।