२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न सकिँदैनः उपप्रधानमन्त्री महासेठ



file photo
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रको बीचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभइ सरकारको पनि बताउनु भयो । उहाँले नेपालको आर्थिक वृद्धिदर अहिले ७.१ प्रतिशतबाट झरेर दुई प्रतिशत भन्दा तल आएको बताउनु भयो । केपी शर्मा ओली यसअघि प्रधानमन्त्री रहँदा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत रहेको उहाँको दाबी थियो । उहाँले अर्थतन्त्र सबल बनाउन सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले अबका दिनमा अर्थतन्त्र थप सुधार हुँदै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको पोजिसन हेर्ने हो भने नेपालको आर्थिक वृद्धिदर ७.१ बाट झरेर २ भन्दा मुनि छ । त्यो अब एक दुई महिनापछि सार्वजनिक गर्ने नै छौँ । देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै होइन । नेपाल सरकारको पनि हो । जबसम्म नेपाल सरकार र निजी क्षेत्रको बीचमा एउटा सहकार्य हुँदैन, आर्थिक क्षेत्रमा हामी फड्को मार्न सक्दैनौँ । निजी क्षेत्र मात्रै म अघि बढ्छु भनेर उहाँहरु सक्नुहुन्न । सरकारले निजी क्षेत्रलाई बाइपास गरेर जान्छु भयो भने पनि सफल हुँदैन ।

हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब ग¥यो भने गाडी एक्सीडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरुले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ । यो सरकारबाट हुनसक्ने सबै प्रकारको सहयोग हामी गर्न तयार छौँ ।’

उपप्रधानमन्त्री महासेठले नेपालले तयारी पोशाकमा धेरै ठूलो परिवर्तन गर्नसक्ने बताउनु भयो ।